मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पोखरा स्पोर्ट्स अवार्डमा उदीयमान खेलाडीको उपाधि दिलासालाई

शुक्रबार, २८ वैशाख २०८१, १६ : ५१
शुक्रबार, २८ वैशाख २०८१

पोखरा । यसवर्षको वर्ष उदीयमान खेलाडीको उपाधि ब्याडमिन्टनकी दिलासा रानाले जितेकी छन् ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गरेको आठौँ पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत रानालाई उपाधि दिइएको हो । यो विधामा ३ जना मनोनयनमा परेका थिए । 

क्रिकेटकी ज्योतिस्ना मरासिनी र एथ्लेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए । यस्तै, उत्कृष्ट खेलसंघ सहारा क्लब पोखरा बनेको छ । लामो समयदेखि विपन्न बालकहरूलाई राखेर एकेडेमी सञ्चालन गर्दै आएको सहाराले वर्षेनी आहा रारा पोखरा गोल्डकप आयोजना गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप