वर्कसपमा भेटियो ३ सय १३ किलो गाँजा, एक जना पक्राउ
शनिबार, २९ वैशाख २०८१, १६ : ३७
सुनसरी । धरान उपमहानगरपालिका-८ स्थिमा बुढासुव्वा वर्कसपबाट अवैध लागु औषध गाँजा ३ सय १३ किलोसहित एक जना पक्राउ परेका छन् । सोही वर्कसपमा काम गर्ने धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय आशिष कार्कीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले वर्कसपको कम्पाउन्डभित्र शङ्कास्पद अवस्थामा रहेको बा.१० च ६८३८ नम्बरको स्कार्पियो गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी कार्कीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती
-
सरकारले विधि र प्रक्रियाभन्दा कानुन विपरीतका काम गर्न लाग्यो : गगन थापा
-
सरकार नागरिकको 'लाइफ' भन्दा सामाजिक सञ्जालको 'लाइक' मा बढी केन्द्रित भयो : गगन थापा
-
लुम्बिनी लायन्सको मुख्य कार्यकारी अधिकृतमा सन्देश कटवाल नियुक्त
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण