नोबेलमा मनाइयो अन्तर्राष्ट्रिय नर्सिङ दिवस
विराटनगर । यस वर्ष अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले एक कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । नोबेलको सभाहलमा आयोजित कार्यक्रममा नर्सिङ फ्याकल्टीहरू, नर्सिङ इन्चार्जहरू, नर्सिङका सबै कार्यक्रम तथा वर्षका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
पानसमा दियो बालेर सुरु गरिएको कार्यक्रममा प्राचार्य प्रा. डा. रामहरि घिमिरे, नायव प्रमुख कार्यकारी अधिकृत डा. विश्वनाथ अधिकारी, नायव अस्पताल निर्देशक डा. मुक्ति आचार्य, महाप्रबन्धक दीपेश राई, नर्सिङ निर्देशक (शैक्षिक कार्यक्रम) रामेश्वरी सिंह, नर्सिङ निर्देशक (क्लिनिकल सर्भिस) प्रतीक्षा त्रिपाठी, प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रा. डा. सीता पोखरेलले आफ्नो मन्तव्य राख्दै शुभकामना व्यक्त गरेका थिए ।
विद्यार्थीहरूलाई नर्सिङ फ्याकल्टीद्वारा द्वीप प्रज्वलन तथा शपथ ग्रहण गराइएको थियो । विद्यार्थीहरूले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुति पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
-
कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
सरकारका सय दिन : एक चलचित्रलाई सम्मान, एक हललाई अनुमति
-
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण