रोड टु टोटेनहम छनोट कार्यक्रम सम्पन्न
काठमाडौँ । श्री भगवती क्लबको आयोजना तथा बैङ्गलोरको किस्टार्ट–टोटेनहम एकेडेमीको सहकार्यमा आयोजित रोड टु टोटेनहम कार्यक्रम अन्तरगतको ईलाईट टिम ट्रायल सम्पन्न भएको छ । नेपालमा रहेका फुटबल खेलाडीहरूको प्रतिभा पहिचान गर्दै टोटेनहम सम्मको यात्रा तय गराउने उद्देश्यका साथ वैशाख २९ र ३० गते कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रममा नेपाल भरिबाट विभिन्न उमेर समूहका उत्साहित ३ हजार बढी खेलाडीहरूले सहभागिता जनाएको अखिल नेपाल फुटबल संघका सदस्य आयोजक श्री भगवती क्लबका पूर्व अध्यक्ष मनिष जोशीले जानकारी गराए । खेलाडीहरूको प्रतिभा पहिचान गरि किकस्टार्ट टोटनहम एकेडेमीमा ईलाइट छात्रवृत्तिको अवसर प्रदान गर्ने उद्देश्यले एकेडेमीबाट प्रशिक्षक लक्ष्मण भट्टराईको नेतृत्वमा ४ सदस्यीय प्रशिक्षकहरूको टोली नेपाल आएको थियो ।
उक्त टोलीले पहिलो दिन च्यासल फुटबल मैदानमा बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म १२ घण्टा यु – ११, यु–१३, यु–१५ का र दोस्रो दिन एन्फा कम्प्लेक्समा बिहान ७ बजे देखि अपराह्न २ बजे सम्म यु–१७, यु–१९ र यु –२१ खेलाडीहरूलाई मैदानमा उतारेर छनोट गरेका थिए ।
यसमा छनोट हुन सफल खेलाडीहरूले ईलाईट छात्रवृत्तिका साथ विभिन्न वैदेशिक लिग प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । छनौटको अन्तिम नतिजा भोली सोमबार मात्र प्राप्त हुने आयोजकले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण