काेशी प्रदेश
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन प्रदेशसभा बैठक सुरु, कांग्रेस अनुपस्थित
सोमबार, ३१ वैशाख २०८१, १३ : २०
विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठक सुरु भएको छ । वैशाख २७ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।
कार्कीलाई एमालेका ३९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ मध्ये ३ र जसपाकाे १ सांसदले मत दिने तयारी गरेका छन् । समाजवादीका नेता राजेन्द्र राई भने बैठकमा अनुपस्थित छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।
उता, नेपाली काँग्रेस भने प्रदेशसभा बैठकमा सहभागी छैन । प्रतिपक्षी दलकाे तर्फबाट राप्रपा भने उपस्थित भएको छ । कांग्रेस प्रदेशसभा सदस्य भीम पराजुलीले आजकाे प्रदेशसभा बैठक बहिष्कार गरेकाे जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विनास्रोत बजेटमा छिरे ५ अर्ब लागतका ९१ योजना, बल्ल स्रोत सहमति खोजिँदै (हेर्नुहोस् सूची)
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण