अरहान्त, अमिर, बिपना र स्वस्थानी राष्ट्रिय र्याङ्किङ स्क्वासको फाइनलमा
काठमाडौँ । अरहान्तकेशर सिम्ह र अमिर ब्लोन बिहीबार ‘एनएसआरए राष्ट्रिय र्याङ्किङ स्क्वास प्रतियोगिता’ को फाइनलमा पुगेका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा जारी प्रतियोगिताको महिला एकल स्पर्धामा भने बिपना ब्लोन र स्वस्थानी श्रेष्ठ उपाधि भिडन्तमा पुगे ।
सातदोबाटोस्थित स्क्वास हलमा भएको पहिलो सेमिफाइनल खेलमा विपनाले चिर प्रतिद्वन्द्वी कृष्णा थापालाई चार सेटमा ११–३, ९–११, ११–५, ११–६ अङ्कले हराइन् । अर्को सेमिफाइनल खेलमा लिग चरणमा शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेकी स्वस्थानीले अस्मिता नगरकाेटीलाई ११–७, ११–२, ११–२ अङ्कले हराइन् ।
यसैगरी पुरुष एकलतर्फको सेमिफाइनलमा अरहान्तले पासाङ ब्लोनलाई ११–६, ११–६, ११–५ अङ्कले र अमिरले दीपक थापालाई १४–१२, ४–११, ११–९, ११–९ अङ्कले पराजित गरे । हरेक वर्ष वरीयता छुट्याउन यो प्रतियोगिता आयोजना हुने गरेको छ । प्रतियोगिताको शुक्रवार सम्पन्न हुनेछ । यो प्रतियोगिताबाट प्राप्त वरीयता २०८१ साल चैत महिनासम्म रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण