आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

सोमबार, ०७ जेठ २०८१, १० : ४०
सोमबार, ०७ जेठ २०८१

विराटनगर । प्रदेश योजना आयोग, कोशी प्रदेशको उपाध्यक्षमा झापाका डा.राजेन्द्र अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । 

यस्तै बैठकले मुख्य न्यायधिवक्तको कार्यालयको वार्षिक प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय पनि गरेको उनको भनाइ छ ।  यसैगरी सांसद भक्ति सिटौला क्यानडा भ्रमणमा जाने भएकाले कूटनीतिक राहदानीका लागि प्रधानमन्त्रीको कार्यालयलाई सिफारिस गरी गराउने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप