गृहमन्त्री लामिछानेमाथि अब छानबिन होइन राजीनामा माग्नुपर्छ : नैनसिंह महर
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारका अलोकतान्त्रिक कदमबारे पार्टीले प्रस्ट नीति लिनुपर्ने बताएका छन् । बुधवार सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा नेता महरले वर्तमान सरकारले जनताको हितमा काम नगरेको बताए ।
‘यो लोकतान्त्रिक पद्धति अनुरूप चलिरहेको छैन । त्यसकारण यो सरकारका प्रति पार्टीको बुझाइ प्रस्ट हुनुपर्छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि त अब छानबिन गर्ने मात्रै होइन, उनको राजीनामा ढिला भइसकेको छ,’ उनले भने ।
मङ्गलवार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सरकारले प्रतिसोध साँधेर धरपकड गरेको भन्दै महरले आपत्ति जनाए । ‘हिजो जसरी प्रतिशोध साँध्ने गरी कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धरपकड गरिएको छ, यो सरकार लोकतान्त्रिक हुनै सक्दैन,’ उनी भन्छन् ।
उनले पार्टीले सरकारविरुद्ध सडक सङ्घर्ष चर्काउन ढिला भएको बताए । ‘संसद्मा बलियो प्रतिपक्षीको भूमिका निभाउनुपर्छ । सडकबाट पनि दबाब दिनुपर्छ,’ उनले भने, ‘कांग्रेसले बोलीले होइन, व्यवहारमै लोकतन्त्रका लागि सङ्घर्ष गर्ने र लोकतन्त्र बचाउनुपर्ने स्थिति बनेको देखिएको छ ।’
नेता महरले गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरूमाथि अनेक आरोप लगाइरहेको भन्दै ती हरेक आरोपमाथि छानबिनका लागि नेपाली कांग्रेस खुला हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण