एनएसकेए इन्टरनेशनल कराँते च्याम्पियनसिपमा आठ सय खेलाडी
बुधबार, ०९ जेठ २०८१, १७ : ४८
काठमाडौँ । नेपाल सोतोकान कराँते सङ्घले जेठ १० देखि १३ गतेसम्म काठमाडौँमा ‘१५ औँ एनएसकेए इन्टरनेशनल कराँते च्याम्पियनसिप तथा प्रथम बागमती प्रदेश खुला कराँते च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।
खेल पर्यटनको प्रवर्द्धन र खेलाडीको स्तर वृद्धिमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा आठ सयजना खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको अनुमानित बजेट ३२ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका लागि भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र भुटानको सहभागिता निश्चित भइसकेको छ । प्रतियोगितामा ४० स्वर्ण, ४० रजत र ८४ वटा कांस्य पदकको लागि खेलाडीबिच भिडन्त हुनेछ । यसअघि सम्पन्न १४ वटै संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण