आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

एनएसकेए इन्टरनेशनल कराँते च्याम्पियनसिपमा आठ सय खेलाडी

बुधबार, ०९ जेठ २०८१, १७ : ४८
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । नेपाल सोतोकान कराँते सङ्घले जेठ १० देखि १३ गतेसम्म काठमाडौँमा ‘१५ औँ एनएसकेए इन्टरनेशनल कराँते च्याम्पियनसिप तथा प्रथम बागमती प्रदेश खुला कराँते च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।

खेल पर्यटनको प्रवर्द्धन र खेलाडीको स्तर वृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा आठ सयजना खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको अनुमानित बजेट ३२ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका लागि भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र भुटानको सहभागिता निश्चित भइसकेको छ । प्रतियोगितामा ४० स्वर्ण, ४० रजत र ८४ वटा कांस्य पदकको लागि खेलाडीबिच भिडन्त हुनेछ । यसअघि सम्पन्न १४ वटै संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप