विश्वकपको सँघारमा बर्खास्तीमा परे क्यानडाका प्रशिक्षक पुबुदु दासानायेके
काठमाडौँ । आईसीसी टी–२० विश्वकप सुरु हुन निकै कम समय बाँकी रहँदा क्यानडाले आफ्नो प्रमुख प्रशिक्षक पुबुद दासानायेकेलाई पदबाट हटाएको छ । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।
पुबुदु दासानायेके सन् २०२२ को जुलाईदेखि क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पदमा कार्यरत थिए । उनी श्रीलंका र क्यानडाका पूर्वखेलाडी पनि हुन् । उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा पनि लामो समय काम गरेका थिए ।
पुबुदु दुईपटक नेपालको प्रशिक्षक बनेका थिए । उनी सन् २०११ देखि सन् २०१५ सम्म नेपाली टोलीको प्रशिक्षक थिए । त्यसपछि उनले सन् २०२१ देखि सन् २०२२ सम्म नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए ।
प्रशिक्षकको भूमिकामा क्यानडामा पनि यो उनको दोस्रो कार्यकाल थियो । यसअघि सन् २००७ देखि सन् २०११ सम्म उनी क्यानडाको प्रशिक्षक थिए । उनले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीमा पनि प्रशिक्षकको भूमिकामा काम गरिसकेका छन् ।
पुबुदुकै प्रशिक्षकत्वमा क्यानडा छनोट चरण पार गर्दै यसपटक टी–२० विश्वकपमा पुगेको हो । क्यानडा क्रिकेट संघमा नयाँ नेतृत्व आएपछि प्रशिक्षकको विषयलाई लिएर पदाधिकारीबिच नै विवाद सुरु भएको समाचारमा जनाइएको छ ।
समाचारमा जनाइए अनुसार, क्रिकेट क्यानडाका उपाध्यक्ष गुरदीप क्लेयरले बुधबार नै पुबुदुलाई यस विषयमा जानकारी गराएका थिए । विश्वकपका लागि टोली छनोटको विषयलाई लिएर पनि प्रशिक्षक र क्रिकेट क्यानडाका पदाधिकारीबिच विवाद देखिएको समाचारमा जनाइएको छ ।
पुबुदुको स्थानमा कसलाई नयाँ प्रशिक्षक बनाउने भन्ने विषयमा क्रिकेट क्यानडाले कुनै निर्णय गरिसकेको छैन । क्यानडाले आगामी विश्वकपमा आयोजक अमेरिकासँग जुन १ तारिखमा उद्घाटन खेल खेल्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण