जहाजले ठक्कर दिँदा घाइते भएका स्टेसन प्रमुख काठमाडौँ रिफर
सुर्खेत । हिमाली जिल्ला मुगुको ताल्चा विमानस्थलमा उड्न लागेको जहाजले ठक्कर दिँदा घाइते भएका विमानस्थल प्रमुख धीरेन्द्र भामलाई काठमाडौँ रिफर गरिएको छ । घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएको हो ।
जिल्ला प्रहरीका कार्यालय मुगुका अनुसार आज १२ बजेतिर ताल्चाबाट नेपालगन्जका लागि उड्न लागेको सीता एयरको डोर्निएर जहाजको अघिल्लो भागको पङ्खाले भामलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी, प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार उनी गम्भीर घाइते भएको र उनलाई नेपालगन्ज हुँदै काठमाडौँ पठाइएको हो ।
उनका अनुसार भामले जहाजका चालकलाई जहाज उडान गर्न सङ्केत गरिरहेका थिए । जहाज बिस्तारै गुडिरहेका बेला चालकले बोलाएपछि भाम जहाजतर्फ गइरहेका थिए । त्यही बेला जहाजको अघिल्लो भागको पङ्खाले ठक्कर दिएपछि उनी घाइते भएका हुन् । भामको टाउको धेरै चोट लागेको सूचना अधिकारी कार्कीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
-
अवसरवाद र अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास भयो : महेश बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण