आगामी आवकाे बजेट
गण्डकीको बजेटमा भएको त्रुटि अर्थमन्त्रीले माफी माग्दै सच्याए
२ अर्ब लेखिएको पर्यटन मन्त्रालयको बजेट ९२ करोडमा सीमित
बिहीबार, ०४ असार २०८३, १४ : २६
सारांश
- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा त्रुटि भएपछि माफी मागेर सच्याइएको छ।
- अर्थमन्त्री जितबहादुर शेरचनले बिहीबारको प्रदेश सभा बैठकमा बजेट वक्तव्यको त्रुटि सच्याइएको बताएका हुन्।
- उनले गत असार १ गते प्रस्तुत गरेको बजेट वक्तव्यको बुँदा नम्बर ५६ मा उद्योग तथा पर्यटन मन्त्रालयको बजेट २ अर्ब हुने उल्लेख गरेका थिए, तर उक्त रकम ९२ करोड मात्रै भएको बिहीबारको बैठकमा जानकारी गराएका हुन्।
पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा त्रुटि भएपछि माफी मागेर सच्याइएको छ।
अर्थमन्त्री जितबहादुर शेरचनले बिहीबारको प्रदेश सभा बैठकमा बजेट वक्तव्यको त्रुटि सच्याइएको बताएका हुन्।
उनले गत असार १ गते प्रस्तुत गरेको बजेट वक्तव्यको बुँदा नम्बर ५६ मा उद्योग तथा पर्यटन मन्त्रालयको बजेट २ अर्ब हुने उल्लेख गरेका थिए । तर, उक्त रकम ९२ करोड मात्रै भएको बिहीबारको बैठकमा जानकारी गराएका हुन्।
‘असार १ गते प्रस्तुत भएको बजेट वक्तव्यमा बुँदा नम्बर ५६ मा ९२ करोड ४९ लाख हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ,’ उनले भने, ‘वक्तव्यमा भएको कमजोरीको आत्मसात गर्दै क्षमा चाहन्छु।’
यो सँगै गण्डकी प्रदेश सभामा बजेट वक्तव्यमाथि छलफल सुरु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
-
संसदीय समितिमा उद्योगमन्त्रीकाे आलाेचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण