अवसरवाद र अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास भयो : महेश बस्नेत
सारांश
- नेकपा एमालेका सचिव महेश बस्नेतले दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् ।
- उनले पद, पैसा र प्रतिष्ठाको भोक कहिल्यै नमेटिने अवसरवादीहरूको चरित्र खन्चुवा बच्चाको जस्तो हुने बताएका छन् ।
- बस्नेतले यस्ता अवसरवादी प्रवृत्ति विरुद्ध सङ्घर्ष गर्दै पार्टीलाई वैचारिक रूपमा सुदृढ, सङ्गठनलाई अनुशासित र एकताबद्ध राख्नुपर्ने बताएका छन् ।
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे प्रदेशस्तरीय भेला र सुझाव सङ्कलनमा नेताहरू खटिइरहेका बेला सचिव बस्नेतले यस्तो बताएका हुन् ।
‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतासँग लड्ने पार्टीको ११औँ महाधिवेशनको कार्यनीतिक नारा थियो । तर विडम्बना, आज त्यही दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताले नै एमालेलाई कमजोर बनाउने प्रयास गरिरहेको देखिन्छ’, सचिव बस्नेतले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन् ।
‘एउटा खन्चुवा बच्चाले मुख खोलेर रोइरहन्छ । उसलाई खानेकुरा मुखमा हालिदिए केहीबेर हाँस्छ, तर घुटुक्क निल्ने बित्तिकै फेरि मुख खोलेर रुन थाल्छ’, विम्ब प्रयोग गर्दै बस्नेतले पद, पैसा र प्रतिष्ठाको भोक कहिल्यै नमेटिने अवसरवादीहरूको चरित्र पनि यस्तै हुने बताएका छन् ।
उनीहरूलाई जे दिए पनि पुग्दैन, सन्तुष्ट नहुने बरु उनीहरूको चाहना झन् बढ्दै जाने बताएका छन् । ‘दुर्भाग्यवश, राजनीतिक दलहरूभित्र पनि यस्तो प्रवृत्ति मौलाउँदै गएको देखिन्छ’, बस्नेतको भनाइ छ ।
उनले आजको आवश्यकता भनेको सङ्गठन, विचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थलाई माथि राख्ने यस्ता अवसरवादी प्रवृत्ति विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्नु रहेको भन्दै आन्दोलनलाई वैचारिक रूपमा सुदृढ बनाउँदै, सङ्गठनलाई अनुशासित र एकताबद्ध राख्दै, जनताको हित र देशको उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण