बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

बिहीबार, ०४ असार २०८३, १४ : १७
बिहीबार, ०४ असार २०८३

चितव । सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झन्डै दोब्बरले वढेको छ ।

गत चैत २३ गतेको सरकारको निर्णय पछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रुपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनास थापाले जानकारी दिए । 

गत वर्षको आजकै मितिमा ३१ हजार ५७७ जना आन्तरिक पर्यटकले निकुन्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा ४८ हजार ५९८ जनाले निकुञ्ज भ्रमण गरेका छन् ।

निकुञ्ज प्रवेशका लागि आठ वटा नाकाबाट पर्यटक आउने गर्छन् । नाकामा ७२ वटा जीपले निकुञ्ज प्रवेशका लागि अनुमति लिएका छन् । यहाँ जीप सफारी सहित पैदल यात्राका लागि पर्यटक आउने गर्दछन् ।

निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, भालु, चितुवा, घडियाल गोहीलगायतका जनावार र चराचुरुङ्गी हेर्न आन्तरिक पर्यटक आउने गर्छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप