पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो
बागलुङ । सडकको पहुँच पुगेको २८ वर्षपछि काठेखोलाको डुडियामा पक्की पुल निर्माण भएको छ ।
उक्त पुल बनेपछि त्यस क्षेत्रमा अब बाह्रै महिना सवारीसाधनको पहुँच सुनिश्चित भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा २० मिटर लम्बाइ र ८.४० मिटर चौडाइको त्यो पुल निर्माण भएको हो ।
पुलले काठेखोला गाउँपालिका–२ भिमापोखरा र वडा नम्बर ४ तंग्राम जोडेको छ । प्रदेश सरकारको रु तीन करोड ६२ लाख २२ हजार लागतमा पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर दीपेश रिगलले जानकारी दिए ।
विसं २०८० कात्तिकमा सम्झौता गरी निर्माण सुरु गरिएको उक्त पुल एक महिनाअघि सम्पन्न भएपछि सञ्चालनमा आएको इन्जिनियर रिगलले बताए ।
पुल सञ्चालनमा आएसँगै काठेखोला गाउँपालिका–२ भिमपोखरा, वडा नम्बर ३ धम्जा, वडा नम्बर ४ तङ्ग्राम, म्याग्दीको भम्किले र ताराखोला गाउँपालिका सल्ने सवारीसाधन बाह्रै महिना सञ्चालन हुने गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए ।
त्यहाँ पक्की पुल नहँुदा बर्खाको चार महिना जिल्ला सदरमुकाम बागलुङ आउजाउन गर्न निकै समस्या थियो । बर्खामा सडक बन्द हुँदा किसानले उत्पादन गरेको दूध, तरकारी र फलफूल बजार पठाउन मात्र नभई स्थानीयलाई यात्रा गर्न र सामान ढुवानीमा पनि उस्तै कठिनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण