सदन
शून्य समय र विशेष समय कार्यसूचीबाट हटाएपछि सभामुख र प्रतिपक्षीबिच सवालजवाफ
शुक्रबार, ११ जेठ २०८१, १२ : ४२
काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरे र प्रतिपक्षी दलका सांसदहरुबीच सवालजवाफ चलेको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि शुक्रबार ११ बजेका लागि डाकिएको बैठक शुरु भएलगत्तै सभामुख घिमिरेले बैठकको शुन्य समय र विशेष समय नरहेको जानकारी गराएका थिए ।
तर, प्रतिपक्षी दलहरुले बोल्ने समय पाउनुपर्ने भन्दै विरोध जनाएका थिए । प्रतिपक्षीले जनताको कुरा राख्नुपर्ने भन्दै समय माग गरेपछि सभामुख र प्रतिपक्षीबिच केहीँ बेर भनाभनको स्थिति बनेको थियो ।
सहकारीको मुद्दामा सरकार र दलहरुबिच छलफल र सहमति भइरहेको भन्दै सभामुख घिमिरेले सभाको बैठक पनि अगाडि बढाउन आग्रह गरेका थिए । तर, प्रतिपक्षी दलका सांसदहरुले मान्दै नमानी विरोध जारी राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित गर्दै १३ गते बिहान अर्को बैठक बस्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस्टर एण्ड मिस लिटिल कोशी’का लागि ५८ बालबालिका छनोट
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण