आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
सदन

शून्य समय र विशेष समय कार्यसूचीबाट हटाएपछि सभामुख र प्रतिपक्षीबिच सवालजवाफ

शुक्रबार, ११ जेठ २०८१, १२ : ४२
शुक्रबार, ११ जेठ २०८१

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरे र प्रतिपक्षी दलका सांसदहरुबीच सवालजवाफ चलेको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि शुक्रबार ११ बजेका लागि डाकिएको बैठक शुरु भएलगत्तै सभामुख घिमिरेले बैठकको शुन्य समय र विशेष समय नरहेको जानकारी गराएका थिए ।
 
तर, प्रतिपक्षी दलहरुले बोल्ने समय पाउनुपर्ने भन्दै विरोध जनाएका थिए । प्रतिपक्षीले जनताको कुरा राख्नुपर्ने भन्दै समय माग गरेपछि सभामुख र प्रतिपक्षीबिच केहीँ बेर भनाभनको स्थिति बनेको थियो । 

सहकारीको मुद्दामा सरकार र दलहरुबिच छलफल र सहमति भइरहेको भन्दै सभामुख घिमिरेले सभाको बैठक पनि अगाडि बढाउन आग्रह गरेका थिए । तर, प्रतिपक्षी दलका सांसदहरुले मान्दै नमानी विरोध जारी राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित गर्दै १३ गते बिहान अर्को बैठक बस्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप