भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी
आइतबार, ०२ असार २०८१, २२ : २७
नानिङ । भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रका २२ नदीमा बाढी आएको क्षेत्रीय जलविज्ञान केन्द्रले आइतबार जनाएको छ ।
गुआङ्सीका २२ नदीमा कूल ३० जलविद्युत् स्टेशनहरूले चेतावनी स्तरभन्दा शून्य दशमलव शून्य तीन मिटर र दुई दशमलव ६३ मिटरको बीचमा पानीको स्तर रहेको केन्द्रले जनाएको छ ।
हेजियाङ नदीको हेझाउ हाइड्रोलोजिक स्टेशनले एक दशकमा सबैभन्दा ठूलो बाढीको रिपोर्ट गरेको छ ।
शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म हेची, लिउझाउ, युलिन, हेझाउ र बाइसेलगायत गुआङ्सीका करिब आधा दर्जन प्रान्त–स्तरका सहरमा भारी वर्षा भएको छ ।
हेची सहरको एउटा टाउनशिप र लिउझाउ शहरको अर्को स्थानमा दिनभरि करिब एक सय ४० मिलिमिटर वर्षा भएको थियो ।
आगामी २४ घण्टामा कतिपय स्थानीय नदीमा पानीको बहाव एक मिटरसम्म बढ्ने पनि केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण