सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
देवचुली डाँडामा लुकेको चुलीबोझा मगर होमस्टे (तस्बिरहरू)
पर्यटन प्रवर्द्धन

देवचुली डाँडामा लुकेको चुलीबोझा मगर होमस्टे (तस्बिरहरू)

शनिबार, १२ जेठ २०८१

पूर्वी नवलपरासी (नवलपुर)को उत्तरी भेगमा पर्ने ग्रामीण पालिका मध्ये एक हो बुलिङ्टार गाउँपालिका  ।  पर्यटकीय क्षेत्रका रूपमा चिनिएको महाभारत शृङ्खला अन्तर्गत समुन्द्री सतहदेखि १९३६ मिटर अग्लो देवचुली डाँडाको काखमा अवस्थित सुन्दर गाउँमा मगर जातिको बाहुल्यता रहेको छ । सुन्दर र शान्त यस गाउँमा  २०७३ सालदेखि घरबास (होमस्टे) को सञ्चालन गरिएको हो । 

homestay (1)

गाउँकै नाम र मगर समुदायलाई जोडेर 'चुलीबोझा मगर सामुदायिक होमस्टे' नाम दिइएको छ । पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको दुरिमा उत्तर तर्फ लागेपछि चुलीबोझा पुग्न सकिन्छ । बुलिङटार गाउँपालिका–४ मा अवस्थित छ चुलीबोझा सामुदायिक मगर होमस्टे । मगर होमस्टेमा मगर समुदायको कला संस्कृति (करुवा र झाम्रे नाच) सँगै, स्थानीय क्षेत्रमा उत्पादित वस्तुहरूबाटै बनेका खानाका परिकार कोदोको ढिडो, सिस्नुको अचार, लोकल कुखुराको स्वाद लिन पाइन्छ । होमस्टे अन्तर्गत हाल पाहुनाका लागि १३ वटा घरहरू रहेका छन् । होमस्टेमा तीन बटा हल कोठासहित २४ कोठाहरू रहेको र एकै दिनमा ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ ।

homestay (1)

जिल्लाभित्र र नजिकका छिमेकी जिल्लाहरूबाट पनि आन्तरिक पर्यटकहरू बास बस्न र रमाइलो गर्न आउने गरेको होमस्टे सञ्चालक हेमलाल बराल बताउँछन् । जिल्लाकै अग्लो डाँडा देवचुली डाँडामा पदयात्रा गर्न जाने पर्यटक , तराइबाट गर्मी छल्न आउने गरेका छन् । चुलीबोझामै उत्पादन भएको कोदो , मकै, फापरको ढिँडो, लोकल कुखुराको मासु, दाल, सिस्नो, अमिलो, सुन्तला , केरा, तरुल, पिँडालु, भट्ट, गहत लगायतका गेडागुडीको परिकारको स्वाद लिनका लागि पनि बजारमा बसोबास गर्नेहरू होमस्टेमा आउने गर्छन । मगर समुदायको मौलिक संस्कृति जगेर्ना गर्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्न मगर समुदायमा चर्चित करुवा नाच, झाम्रे नाच प्रस्तुत गर्ने गरिन्छ ।

homestay (2)

चुलीबोझामा रहेको होमस्टेबाट देवचुली र वरचुली डाँडा, उत्तरतर्फ धौलागिरी , माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य, धौवादीको फलामखानीको डाँडा समेत अवलोकन गर्न सकिन्छ ।  यस्तै यहाँका भिरमा रोपिएका अम्रिसो खेती र रमणीय वातावरणले जो कोहीको मन भुलाउँछ । पाहुनाहरूको सेवा शुल्क निर्धारण साथै व्यवस्थापन यहाँको होमस्टे समितिले गर्ने गर्छ । मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

homestay (3)homestay (5)homestay (6)homestay (7)homestay (8)homestay (9)homestay (10)homestay (11)homestay (12)homestay (13)homestay (14)homestay (15)homestay (16)homestay (17)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया