आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत
सारांश
- सभामुख देवराज घिमिरेले आइतबारदेखि संसद् सञ्चालन गर्ने संकेत गरेका छन्। सत्तापक्ष र प्रतिपक्षबीचको संवादले सहमतिलाई नजिक पुर्याएको छ।
- सभामुखले प्रतिगामी शक्तिहरू सक्रिय भएको र यस्तो अवस्थामा मिलेर अघि बढ्नुपर्ने बताए। उनले दलहरूले संसद् गतिरोधलाई लिएर खुसी मनाइरहेको उल्लेख गरे।
- प्रतिनिधि सभाको गतिरोध अन्त्यका लागि नेपाली कांग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्षबीच छलफल हुने भएको छ। भिसाको विषयमा गृहमन्त्रीको राजीनामाको माग कायमै छ।
काठमाडौँ । सभामुख देवराज घिमिरेले आइतबारदेखि संसद् सञ्चालनमा आउने सङ्केत गरेका छन् । सत्तापक्ष र प्रतिपक्षबिच संवाद बढेसँगै संसद् गतिशील बनाउने सहमति नजिक पुगेको सभामुखको भनाइ छ ।
उनले प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको सङ्केत दिँदै यस्तो संवेदनशील अवस्थामा सत्ता र प्रतिपक्षले मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए । व्यवस्थाकै विरुद्धमा जाने दलहरूले संसद् गतिरोधका कारण खुच्चिङ भनिरहेको उल्लेख गर्दै उनले संसदीय दलभित्रका नेताहरूले यसबारे सोच्न जरुरी रहेको बताए ।
प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबिच छलफल हुने बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसाको बद्मासीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आवश्यक छानबिन हुनुपर्ने मागबाट पछि हट्न नखोजेपछि शिर्ष तहमा छलफल हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण