मस्कसँगको वाकयुद्धपछि आफूले किनेको टेस्ला बेच्दै ट्रम्प

समाचार सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको टेस्ला कार बेच्ने तयारी गरेका छन्।
- ट्रम्प र मस्कबीचको असमझदारी बढेपछि ट्रम्पले विद्युतीय सवारी साधनमा दिइने कर छुट हटाउने विधेयकको विरोध गरेका छन्।
- मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरेपछि ट्रम्पले संघीय सरकारसँगको व्यापारिक सम्झौताको बारेमा धम्की दिए।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको कम्पनी टेस्लाबाट किनेको कार बेच्ने तयारी गरेका छन् ।
तीन महिनाअघि ह्वाइट हाउसको ल्यानमा पार्क गरिएको रातो टेस्ला कार मिडियाको अगाडि देखाउँदै ट्रम्पले त्यो कार आफूले किनेको बताए। हालै, बीबीसीको अमेरिकी सम्बद्ध संस्था सीबीएसको एक रिपोर्ट अनुसार, ट्रम्प अब त्यो टेस्ला कार बेच्ने सोचमा छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार मस्कप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै टेस्लालाई हानि पुर्याउन सक्ने भएपछि मस्कले आफ्नो खर्चसम्बन्धी विधेयकको विरोध गरिरहेको बताएका थिए । ट्रम्पका अनुसार यो विधेयकमा विद्युतीय सवारी साधनमा दिइएको कर छुट हटाउने विषय समावेश छ । यसले टेस्लालाई घाटा पुर्याउन सक्छ र त्यसैले मस्क यो विधेयकको विरुद्धमा रहेको उनको भनाई छ ।
हालै अमेरिकी राष्ट्रपति ट्रम्प र अर्बपति मस्कबिच चर्को वाकयुद्ध भएको थियो। त्यसपछि ट्रम्पले संघीय सरकारसँगको ठूलो स्तरको व्यापारिक सम्झौताको बारेमा मस्कलाई धम्की दिएका थिए। ट्रम्पको यो धम्कीपछि मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अझै आएन कर्णालीको बजेट : सांसद्देखि कर्मचारीहरू बाहिर कुरेको कुर्यै, नेताहरू छलफलमै व्यस्त
-
मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा
-
इजरायल–इरानबिच तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
-
१० बजे, १० समाचार : प्रदेशले ल्याए बजेट, विपक्षीको विरोधकै बिच प्रतिनिधिसभा बैठक
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज