मस्कसँगको वाकयुद्धपछि आफूले किनेको टेस्ला बेच्दै ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको टेस्ला कार बेच्ने तयारी गरेका छन्।
- ट्रम्प र मस्कबीचको असमझदारी बढेपछि ट्रम्पले विद्युतीय सवारी साधनमा दिइने कर छुट हटाउने विधेयकको विरोध गरेका छन्।
- मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरेपछि ट्रम्पले संघीय सरकारसँगको व्यापारिक सम्झौताको बारेमा धम्की दिए।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको कम्पनी टेस्लाबाट किनेको कार बेच्ने तयारी गरेका छन् ।
तीन महिनाअघि ह्वाइट हाउसको ल्यानमा पार्क गरिएको रातो टेस्ला कार मिडियाको अगाडि देखाउँदै ट्रम्पले त्यो कार आफूले किनेको बताए। हालै, बीबीसीको अमेरिकी सम्बद्ध संस्था सीबीएसको एक रिपोर्ट अनुसार, ट्रम्प अब त्यो टेस्ला कार बेच्ने सोचमा छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार मस्कप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै टेस्लालाई हानि पुर्याउन सक्ने भएपछि मस्कले आफ्नो खर्चसम्बन्धी विधेयकको विरोध गरिरहेको बताएका थिए । ट्रम्पका अनुसार यो विधेयकमा विद्युतीय सवारी साधनमा दिइएको कर छुट हटाउने विषय समावेश छ । यसले टेस्लालाई घाटा पुर्याउन सक्छ र त्यसैले मस्क यो विधेयकको विरुद्धमा रहेको उनको भनाई छ ।
हालै अमेरिकी राष्ट्रपति ट्रम्प र अर्बपति मस्कबिच चर्को वाकयुद्ध भएको थियो। त्यसपछि ट्रम्पले संघीय सरकारसँगको ठूलो स्तरको व्यापारिक सम्झौताको बारेमा मस्कलाई धम्की दिएका थिए। ट्रम्पको यो धम्कीपछि मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण