सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला
सारांश
- डा. शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्, देश अप्ठ्यारो परिस्थितिमा रहेको र कांग्रेस मध्यममार्गी पार्टी भएकोले चाबी खोस्नुपर्ने तर्क गरे।
- उनले मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने भन्दै कांग्रेसले सत्ताको चाबी खोल्नुपर्ने बताए।
- कोइरालाले कांग्रेसको प्रतिस्पर्धी एमाले भएको र एमालेका नराम्रा कामहरू नागरिक समक्ष लैजानुपर्ने कुरामा जोड दिए।
भक्तपुर । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन् । भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश अप्ठ्यारो परिस्थितिमा गएको र नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरे ।
उनले कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे । नेपाली कांग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरूसँग रहेको भन्दै सत्ताको चाबी कांग्रेसले खोल्नुपर्ने बताए । कांग्रेसको भविष्यको प्रतिस्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरू नागरिक समक्ष लैजानुपर्ने बताए ।
सांसद कोइरालाले भने, ‘अत्यन्तै अप्ठ्यारो परिस्थितिमा देश गइरहेको छ । नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो । हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन । उग्रवामपन्थीको त कुरै भएन । कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ । त्यो बुझौँ । त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ ।’
कोइरालाले सरकार र सत्ता फरक कुराहरू रहेको समेत बताए । उनले भने, ‘हामी सरकारमा छौँ । नेपाली कांग्रेस सरकारमा छ । तर सत्ताको चाबी हामीसित छैन । यसको अर्थ तपाईंहरु आफैँ लगाउनुस् । सत्ताको चाबी वामपन्थीसँग छ । त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्यो नि त । साथीहरूले भन्नुहुन्छ, किन तिमी यसरी बोल्छौँ । भोलिको प्रतिस्पर्धी एमाले हो । उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ । नेपाली कांग्रेसका कार्यकर्ताहरूले गलतलाई गलत भन्न सकेनन् भने ती कार्यकर्ता नेपाली कांग्रेसका कार्यकर्ता होइनन् ।’
सांसद कोइरालाले कतार, दुबईहरू बनाउने नेपालीहरूले नेपाल बनाउन नसक्ने भन्ने नहुने बताउँदै नेपाललाई नेपाल बनाउनुपर्ने कुरामा जोड दिए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण