अस्ट्रेलियन महिलाले बनाइन् २४ घण्टामा सबैभन्दा धेरै पुल-अप्सको विश्व कीर्तिमान
सारांश
- अस्ट्रेलियाकी ३४ वर्षीया महिलाले २४ घण्टामा ७,०७९ पुल-अप्स गरेर गिनिज वर्ल्ड रेकर्ड बनाइन्।
- उनले अघिल्लो रेकर्डभन्दा झन्डै दोब्बर पुल-अप्स गरिन्, जसको सुरुवात श्रीमान् र प्रशिक्षकको प्रस्तावबाट भएको थियो।
- उनले बाइसेप्समा चोटका कारण एकपटक प्रयास स्थगित गरेपछि पुन: गिनिज वर्ल्ड रेकर्ड तोडेर नयाँ इतिहास रचिन्।
काठमाडौँ । ३४ वर्षीया अस्ट्रेलियन महिलाले २४ घण्टामा कुनै महिलाद्वारा गरिएको सबैभन्दा धेरै पुल-अप्सको गिनिज वर्ल्ड रेकर्ड तोडेकी छन् । कूल ७ हजार ७९ पुल-अप्स गरेर उनले नयाँ इतिहास रचेकी हुन् ।
ओलिभिया विन्सन नाम गरेकी यी फिटनेस प्रेमीले अघिल्लो रेकर्डभन्दा झण्डै दोब्बर पुल-अप्स गर्दै सबैलाई चकित पारिन्। यो चुनौतीको सुरुवात उनको श्रीमान् र प्रशिक्षकबाट आएको रमाइलो प्रस्तावको रूपमा भएको थियो।
सुरुमा उनले यस्तो रेकर्डको कल्पनालाई हाँसोमै उडाइन्, तर पछि उनले त्यसलाई सम्भव मान्न थालिन्। उनले यस चुनौतीको लागि कडा प्रशिक्षण गरिन्।
तर प्रयास सुरु भएको १२ महिनापछि उनले बाइसेप्स टेन्डनमा चोट लाग्यो, जसका कारण उनले पुल-अप्स गर्न नसक्ने अवस्था आयो र प्रयास स्थगित गर्नुपर्यो। केही महिना निको भएर फर्किएपछि, उनले फेरि गिनिज वर्ल्ड रेकर्ड तोड्ने निर्णय लिइन्।
ओलिभियाले भनिन्, ‘म ठूलो चुनौती खोज्दै थिएँ, र मेरा श्रीमान् तथा प्रशिक्षकले २४ घण्टाको पुल-अप्स प्रयासको सुझाव दिए। सुरुमा म हाँसेँ, किनकि त्यो असम्भवजस्तै लाग्यो। तर पछि हिसाब गरें, र मलाई लाग्यो, शायद म सक्छु।’
अघिल्लो रेकर्ड ४ हजार ८१ पुल-अप्ससहित पोल्याण्डकी पाउला गोर्लोले २०२१ मा राखेकी थिइन्। तर, सन् २०२५ को मार्च २९–३० मा ओलिभियाले अविश्वसनीय ७ हजार ७९ पुल-अप्स गरेर त्यो रेकर्ड तोडिन् । जुन औसतमा हरेक मिनेटमा झण्डै पाँच पुल-अप्स पर्ने गरी २४ घण्टा लगातार गरिन्।
यो उपलब्धिले उनलाई विश्वकै उत्कृष्ट महिला फिटनेस आइकनमध्ये एक बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण