कोशीमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु
सारांश
- इलाममा कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। यो प्रतियोगिता फूलमती सोङ्मीको स्मृतिमा आयोजना गरिएको हो।
- प्रतियोगितामा २९ विधामा पुरस्कार वितरण गरिनेछ, जसमा विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ।
- प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहनेछ र सात राउन्डसम्म खेल हुनेछ।
इलाम । बुद्धिचाल खेलको विकाससँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले आज यहाँ कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता सुरु भएको छ । जिल्ला बुद्धिचाल सङ्घको आयोजना र कोशी प्रदेश बुद्धिचाल सङ्घको प्राविधिक सहयोगमा फूलमती सोङ्मीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । सदरमुकाममा आयोजित प्रतियोगिताको इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गरे ।
सङ्घका जिल्ला अध्यक्ष तारानिधि घिमिरेले प्रतियोगितामा २९ विधामा पुरस्कार प्रदान गरिने बताए । ‘पुरस्कारमा मात्र रु एक लाख १९ हजार खर्च हुनेछ’, उनले भने । आठ विधामा हुने प्रतियोगितामा खुला प्रदेश च्याम्पियनले रु २० हजार पाउँदा दोस्रो, तेस्रो, चौथो र पाँचौँले क्रमशः रु १० हजार, रु सात हजार, रु छ हजार र रु पाँच हजार पाउनेछन् । छैटौँदेखि १० स्थानसम्मलाई जनही रु चार हजारले पुरस्कृत गरिनेछ ।
भेट्रान्स च्याम्पियन, फरक क्षमता र अनरेटेड च्याम्पियनले जनही रु चार हजार पाउनेछन् । विद्यालयस्तरीयमा प्रथमले रु तीन हजार र दोस्रोले रु दुई हजार, हिल च्याम्पियन प्रथमले रु चार हजार दोस्रोले रु तीन हजार, प्रदेशस्तरीय १६ वर्षमुनिको पुरुष र महिला च्याम्पियन रु दुई हजार पाँच सयका दरले पुरस्कृत हुनेछन् ।
इलाम प्रथमले रु चार हजार तथा दोस्रोदेखि पाँचौँ स्थानसम्मकाले रु दुई हजारका दरले पुरस्कार पाउनेछन् । स्वीस लिगअनुसार सात राउन्डमा हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन् । यो प्रतियोगिताका लागि पत्रकार बुद्धमाया सोङ्मीले दिवङ्गत आमा फूलमतीको सम्झनामा रु एक लाख नगद सहयोग गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण