बेकह्मालाई ‘नाइटहुड’ दिने तयारी
सारांश
- डेभिड बेकहमलाई राजा चार्ल्सको जन्मदिनमा 'नाइटहुड' उपाधि दिइने तयारी छ। बेकहमले फुटबलमा पुर्याएको योगदान र बेलायती समाजप्रतिको समर्पणका आधारमा सम्मान गर्न लागिएको हो।
- बेकहमले इंग्ल्यान्डका लागि ११५ खेल खेलेका थिए र विभिन्न क्लबबाट खेले। उनले सन् २०१३ मा फुटबलबाट सन्यास लिएका थिए।
- बेकहमले सन् १९९९ मा भिक्टोरिया बेकह्यामसँग विवाह गरे र उनीहरूका चार सन्तान छन्। उनी सन् २००५ देखि युनिसेफका दूत पनि हुन्।
लण्डन । फुटबलर डेभिड बेकह्मालाई राजा चार्ल्सको जन्मदिनको अवसरमा ‘नाइटहुड’ (सर उपाधि) दिने तयारी गरिएको छ। ५० वर्षीय इंग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तानलाई सन् २००३ मा ‘अफिसर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (ओबीई) को उपाधि दिइएको थियो। अब उनलाई फुटबलमा गरेको उल्लेखनीय योगदान र बेलायती समाजप्रतिको समर्पणको आधारमा थप उच्च सम्मान प्रदान गरिने भएको हो ।
सम्मानसूची आगामी हप्ता सार्वजनिक गरिने बताइएको छ। बेकह्याम मले आफ्नो देशका लागि ११५ खेल खेलेका थिए र म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, एलए ग्यालेक्सी, पेरिस सेन्ट(जर्मेन र एसी मिलान जस्ता क्लबहरूबाट पनि खेलेका थिए। उनले सन् २०१३ मा फुटबलबाट संन्यास लिएका थिए।
बेकह्यामले सन् १९९९ मा गायिका तथा फेसन डिजाइनर भिक्टोरिया बेकह्यामसँग विवाह गरेका थिए। उनीहरूका चार सन्तान छन्, ब्रुकलिन, रोमियो, क्रुज र हार्पर सेभेन। उनीले सन् २०१२ मा ओलम्पिक खेल लन्डन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सन् २००५ देखि युनिसेफका दूतको रूपमा समेत कार्यरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण