बेकह्मालाई ‘नाइटहुड’ दिने तयारी

समाचार सारांश
- डेभिड बेकहमलाई राजा चार्ल्सको जन्मदिनमा 'नाइटहुड' उपाधि दिइने तयारी छ। बेकहमले फुटबलमा पुर्याएको योगदान र बेलायती समाजप्रतिको समर्पणका आधारमा सम्मान गर्न लागिएको हो।
- बेकहमले इंग्ल्यान्डका लागि ११५ खेल खेलेका थिए र विभिन्न क्लबबाट खेले। उनले सन् २०१३ मा फुटबलबाट सन्यास लिएका थिए।
- बेकहमले सन् १९९९ मा भिक्टोरिया बेकह्यामसँग विवाह गरे र उनीहरूका चार सन्तान छन्। उनी सन् २००५ देखि युनिसेफका दूत पनि हुन्।
लण्डन । फुटबलर डेभिड बेकह्मालाई राजा चार्ल्सको जन्मदिनको अवसरमा ‘नाइटहुड’ (सर उपाधि) दिने तयारी गरिएको छ। ५० वर्षीय इंग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तानलाई सन् २००३ मा ‘अफिसर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (ओबीई) को उपाधि दिइएको थियो। अब उनलाई फुटबलमा गरेको उल्लेखनीय योगदान र बेलायती समाजप्रतिको समर्पणको आधारमा थप उच्च सम्मान प्रदान गरिने भएको हो ।
सम्मानसूची आगामी हप्ता सार्वजनिक गरिने बताइएको छ। बेकह्याम मले आफ्नो देशका लागि ११५ खेल खेलेका थिए र म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, एलए ग्यालेक्सी, पेरिस सेन्ट(जर्मेन र एसी मिलान जस्ता क्लबहरूबाट पनि खेलेका थिए। उनले सन् २०१३ मा फुटबलबाट संन्यास लिएका थिए।
बेकह्यामले सन् १९९९ मा गायिका तथा फेसन डिजाइनर भिक्टोरिया बेकह्यामसँग विवाह गरेका थिए। उनीहरूका चार सन्तान छन्, ब्रुकलिन, रोमियो, क्रुज र हार्पर सेभेन। उनीले सन् २०१२ मा ओलम्पिक खेल लन्डन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सन् २००५ देखि युनिसेफका दूतको रूपमा समेत कार्यरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव
-
राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक
-
खोलामा डुबेर बालिकाको मृत्यु
-
सुकुम्बासी बस्तीमा खानेपानीको माग: आजपाद्वारा संघर्षका कार्यक्रम घोषणा
-
यस्तो छ ‘बलिदान’ मा सौगात मल्लको अवतार