शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन

शनिबार, २४ जेठ २०८२, ११ : १३
शनिबार, २४ जेठ २०८२

लाङटाङ ।  क्यान्जिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यो वर्षदेखि लाङटाङ ट्रेल रन सुरु भएको छ । लाङटाङ ट्रेल रन रसुवा र नुवाकोटका पर्यटनकर्मीहरू मिलेर रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा गरिएको छ ।

langtang-t- run (1)

तीन हजार आठ सय पचास मिटर उचाइमा रहेको क्यान्जिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त ट्रेल रनको दूरी ३२ किलोमिटरको छ । ट्रेल रनमा स्वदेशी र विदेशी गरी कुल एक सय धावकको सहभागिता छ।

बागमती प्रदेशकै प्रमुख हिमाली पर्यटन गन्तव्य र नेपालको तेस्रो गन्तव्य हो, लाङटाङ। हिमालै हिमालको बिचमा रहेको क्यान्जिन भ्याली अर्थात् क्यान्जिन गुम्बाबाट लाङटाङ ट्रेल रन सुरु गरिएको हो। लाङटाङ क्षेत्रलाई पदयात्राका साथै दौड र म्याराथन गन्तव्यका रूपमा स्थापित गराउन यस ट्रेल रनले सहयोग पुग्ने आयोजकको विश्वास छ । 

langtang-t- run (2)

यो वर्षको ट्रेल रन संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र गोसाईंकुण्ड गाउँपालिकाको सहकार्यमा रसुवा नुवाकोट पर्यटन समाजले ट्रेल रन आयोजना गरेको हो । लाङटाङ ट्रेल रनमा महिला र पुरुषको विजेताले छुट्टाछुट्टै नगद पुरस्कार पाउनेछन्। जेठ २४ अर्थात् आज बिहान संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले रिबन काटी सुरु भएको हो । 

langtang-t- run (3)

धावकहरू क्यान्जिन गुम्बादेखि ३२ किलोमिटर ट्रेल दौडिएर स्याफ्रुबेसी पुग्नेछन् । पहिलोदेखि पाँचौँ स्थानमा रहने खेलाडीले क्रमशः एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन।

लाङटाङ ट्रेल रन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको समाजका अध्यक्ष बलराम न्यौपानेले बताए । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

langtang-t- run (4)langtang-t- run (5)langtang-t- run (6)langtang-t- run (7)langtang-t- run (8)langtang-t- run (9)langtang-t- run (10)langtang-t- run (11)langtang-t- run (12)langtang-t- run (13)langtang-t- run (14)langtang-t- run (15)langtang-t- run (16)langtang-t- run (17)langtang-t- run (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप