तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
लाङटाङ । क्यान्जिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यो वर्षदेखि लाङटाङ ट्रेल रन सुरु भएको छ । लाङटाङ ट्रेल रन रसुवा र नुवाकोटका पर्यटनकर्मीहरू मिलेर रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा गरिएको छ ।
_v0pNB0MV3c.jpg)
तीन हजार आठ सय पचास मिटर उचाइमा रहेको क्यान्जिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त ट्रेल रनको दूरी ३२ किलोमिटरको छ । ट्रेल रनमा स्वदेशी र विदेशी गरी कुल एक सय धावकको सहभागिता छ।
बागमती प्रदेशकै प्रमुख हिमाली पर्यटन गन्तव्य र नेपालको तेस्रो गन्तव्य हो, लाङटाङ। हिमालै हिमालको बिचमा रहेको क्यान्जिन भ्याली अर्थात् क्यान्जिन गुम्बाबाट लाङटाङ ट्रेल रन सुरु गरिएको हो। लाङटाङ क्षेत्रलाई पदयात्राका साथै दौड र म्याराथन गन्तव्यका रूपमा स्थापित गराउन यस ट्रेल रनले सहयोग पुग्ने आयोजकको विश्वास छ ।
_070hfVW33a.jpg)
यो वर्षको ट्रेल रन संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र गोसाईंकुण्ड गाउँपालिकाको सहकार्यमा रसुवा नुवाकोट पर्यटन समाजले ट्रेल रन आयोजना गरेको हो । लाङटाङ ट्रेल रनमा महिला र पुरुषको विजेताले छुट्टाछुट्टै नगद पुरस्कार पाउनेछन्। जेठ २४ अर्थात् आज बिहान संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले रिबन काटी सुरु भएको हो ।
_QgXAbUYMl4.jpg)
धावकहरू क्यान्जिन गुम्बादेखि ३२ किलोमिटर ट्रेल दौडिएर स्याफ्रुबेसी पुग्नेछन् । पहिलोदेखि पाँचौँ स्थानमा रहने खेलाडीले क्रमशः एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन।
लाङटाङ ट्रेल रन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको समाजका अध्यक्ष बलराम न्यौपानेले बताए । तस्बिर : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
_AeaxWUQUNh.jpg)
_hqlYsEJMt9.jpg)
_EWg28Q7UQq.jpg)
_ulbqNrEONH.jpg)
_8dFGFLZpaw.jpg)
_R3mXmziRvd.jpg)
_LoE0sRyJaE.jpg)
_kVP3z1EZXl.jpg)
_7nDCVP0Ydr.jpg)
_WKNbquCLah.jpg)
_WRptw6fBg9.jpg)
_g7jUOGmMhS.jpg)
_HQk7QPeZdk.jpg)
_YBe5ztmzEY.jpg)
_KBHcbCPqOy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण