एनएमजीसीमा सुदीप अध्यक्ष र रूपसिं महासचिवमा सर्वसम्मत
काठमाडौँ । नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासंघ (एनएमजीसी) को तेस्रो महाधिवेशनले १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरेको छ । चावहिलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सुदीप पण्डित क्षेत्री र महासचिवमा रूपसिं तामाङसहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
महासचिव रूपसिंह आईटीएफका खेलाडी हुँदै पूर्वपदाधिकारी पनि हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आफूलाई स्थापित गर्दै आइरहेका छन् । रूपसिंको अग्रसरतामा रामेछापको खाँडादेवीमा नेपालकै पहिलो सुविधा सम्पन्न आईटीएफ एकेडेमी हल निर्माण भएको छ । सोही स्थानमा उनले तेक्वान्दोका संस्थापक स्वर्गीय जेनेरल चोइ होङ हीको पूर्णकदको सालिकसमेत बनाएका छन् । उनै रूपसिं तेस्रो महाधिवेसनमा सर्वसम्मत पनि भए ।
महाधिवेशनमा २३ राष्ट्रिय संघहरूको सहभागिता रहेको थियो । यही संघहरूको छाता संगठन नै एनएमजीसी हो । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लालबहादुर जिसी, उपाध्यक्षत्रयमा अन्जु रावत, उपाध्यक्षमा एनिप महर्जन र केशव डङ्गोललाई निर्विरोध चयन गर्यो । उपाध्यक्ष अन्जु आईटीएफकै सफल खेलाडीका साथै अन्तर्राष्ट्रिय प्रशिक्षक र निर्णायक हुन् । सचिवमा कृष्णगोपाल राजथला र कोषाध्यक्षमा तुलसी थापामगर सर्वसम्मत चयन भए ।
तुलसी आईटीएफ र मुवाँथाईकी खेलाडी हुन् । सदस्यहरूमा कृष्णबहादुर रावत, जनकराज गौतम, सानुकान्छा श्रेष्ठ, कमल मगर र सीताराम दराई चयन भए ।
सोही निर्वाचित कार्यसमितिको पहिलो बैठकले तीन पदाधिकारीसहित १० जना मनोनित पनि गरेको छ । उपाध्यक्षमा होमबहादुर सुनुवार, राजेन्द्र लामा र सचिवमा आशिष कार्की मनोनित भए । सदस्यमा तेजबहादुर सिंह, सपूत मोक्तान, धनराज तामाङ, बाबुराम तामाङ, सुशान पुन, नहकुल राई र राजन पन्थ मनोनित भएका छन् । यससँगै कार्यसमिति २३ सदस्यीय बनेको छ ।
त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले महाधिवेशनको उद्घाटन गरेका थिए । सो अवसरमा, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, राखेपका सदस्य अन्जन धमला, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका संस्थापक वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र संस्थापक उपाध्यक्ष निरण खड्कालगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण