अञ्जनलाई ३६१ डिग्रीको साथ
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फर्वार्ड अञ्जन विष्टलाई चाइनिज स्पोर्ट्स पोसाक ब्रान्ड ३६१ डिग्रीले प्रायोजन गरेको छ । शनिबार नेपालको लागि स्पोर्ट्स ब्रान्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोज कार्की र अञ्जनबिच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता तीन वर्षको हुनेछ ।
कम्पनीले अञ्जनलाई तीन वर्षसम्म पोसाक उपलब्ध गराउने छ । सीईओ कार्कीले पहिलो पटक फुटबलमा त्यो पनि अञ्जनसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए । ‘हामीले पहिलो पटक फुटबलमा सहकार्य गरेका छौँ । अञ्जनसँग सहकार्य गर्न पाउनु हाम्रो लागि खुसीको क्षण हो,’ कार्कीले भने ।
कम्पनीले नेपालमा फुटसल, बास्केटलमा यस्ता सहकार्य गर्दै आएको छ । विगत ६ वर्षदेखि पिस प्वाइन्ट कप आयोजना गरिरहेको छ ।
सम्झौतापछि अञ्जनले अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्दा खुसी भएको बताए । उनले यस्ता प्रायोजक आउँदा फुटबलमै लाग्न प्रेरित गर्ने बताएका छन् । ‘अन्तर्राष्ट्रिय प्रायोजकसँग सहकार्य भएको छ । यसले आगामी करियर बढाउन र फुटबलमै लाग्न थप सहयोग पुर्याउनेछ ।’
सन् २०१४ मा फिलिपिन्सविरुद्ध डेब्यु गरेका अञ्जनले हरि खड्का र निराजन रायमाझीले गरेको १३ गोलको कीर्तिमान बराबर गरेका छन् । दशरथ रंगशालामा भएको लाओसविरुद्ध गोलसँगै उनले कीर्तिमान बराबरी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण