सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

अञ्जनलाई ३६१ डिग्रीको साथ

शनिबार, १२ जेठ २०८१, १७ : ५७
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फर्वार्ड अञ्जन विष्टलाई चाइनिज स्पोर्ट्स पोसाक ब्रान्ड ३६१ डिग्रीले प्रायोजन गरेको छ ।  शनिबार नेपालको लागि स्पोर्ट्स ब्रान्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोज कार्की र अञ्जनबिच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता तीन वर्षको हुनेछ । 

कम्पनीले अञ्जनलाई तीन वर्षसम्म पोसाक उपलब्ध गराउने छ । सीईओ कार्कीले पहिलो पटक फुटबलमा त्यो पनि अञ्जनसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए । ‘हामीले पहिलो पटक फुटबलमा सहकार्य गरेका छौँ । अञ्जनसँग सहकार्य गर्न पाउनु हाम्रो लागि खुसीको क्षण हो,’ कार्कीले भने । 

कम्पनीले नेपालमा फुटसल, बास्केटलमा यस्ता सहकार्य गर्दै आएको छ । विगत ६ वर्षदेखि पिस प्वाइन्ट कप आयोजना गरिरहेको छ । 

सम्झौतापछि अञ्जनले अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्दा खुसी भएको बताए । उनले यस्ता प्रायोजक आउँदा फुटबलमै लाग्न प्रेरित गर्ने बताएका छन् । ‘अन्तर्राष्ट्रिय प्रायोजकसँग सहकार्य भएको छ । यसले आगामी करियर बढाउन र फुटबलमै लाग्न थप सहयोग पुर्‍याउनेछ ।’

सन् २०१४ मा फिलिपिन्सविरुद्ध डेब्यु गरेका अञ्जनले हरि खड्का र निराजन रायमाझीले गरेको १३ गोलको कीर्तिमान बराबर गरेका छन् । दशरथ रंगशालामा भएको लाओसविरुद्ध गोलसँगै उनले कीर्तिमान बराबरी गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप