कुङफुमा रजिन र राजको ह्याट्रिक स्वर्ण
काठमाडौँ । काठमाडौँका रजिन च्यामेले तेस्रो राष्ट्रिय कुङफु प्रतियोगितामा शनिबार तेहरो स्वर्ण जितेका छन् । उनले सिनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्ड स्पर्धामा स्वर्ण जितेका हुन् ।
कीर्तिपुर कभर्डहलमा भएको प्रतियोगिताको सिनियर पुरुषको लङ वेपनमा ओखलढुंगाका कुमार बलामी दोस्रो तथा ललितपुरका पेम्बा शेर्पा तेस्रो भए । सर्ट वेपनमा पनि कुमार र पेम्बाले त्यही सफलता दोहोर्याए । बेयर ह्यान्डमा भने पेम्बाले रजत तथा कुमारले कांस्य हात पारे ।
नेपाल कुङफु संघको आयोजना तथा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालको सह–आयोजनामा भएको प्रतियोगितामा धादिङका राज थापाले पनि स्वर्णमा ह्याट्रिक गरे । उनले जुनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्डमा गरी ३ स्पर्धामा स्वर्ण जिते । बेयर ह्यान्डमा गोर्खाका सागर गुरुङले रजत तथा काठमाडौँका अमोद बस्नेतले कांस्य हात पारे । लङ वेपनमा गोर्खाका सागर दोस्रो तथा काठमाडौँका रिकेश च्यामे तेस्रो बने । सर्ट वेपनमा गोर्खाका सागर दोस्रो र काठमाडौँका अमोद तेस्रो स्थानमा रहे । जुनियर महिलाको बेयर ह्यान्डमा काठमाडौँकी यौकी गुरुङले शीर्ष स्थान हात पारिन् ।
प्रतियोगिताको बागमती प्रदेशका पूर्व मन्त्री पुकार महर्जनले एक कार्यक्रमबिच उद्घाटन गरे । पहिलो दिनका पदक विजेतालाई नेपाल कुङफु संघका अध्यक्ष सीताराम हुमागाईं, कुङफुका प्रशिक्षक सुकमान लामालगायतले एक कार्यक्रमबिच पुरस्कृत गरेका थिए ।
प्रतियोगितामा विभिन्न १६ जिल्लाका १ सय ८० खेलाडीले सिनियर र जुनियरमा गरी ४४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको सह–आयोजक मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले जनाएका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण