टेबलटेनिस खेलाडी श्यान्टु पुरस्कृत
काठमाडौँ । खेलप्रेमी एवं समाजसेवी सुमन खड्गीले पेरिस ओलम्पिक– २०२४ का लागि छनोट भएका टेबल टेनिस खेलाडी श्यान्टु श्रेष्ठलाई शनिबार १ लाख नगदसहित पुरस्कृत गरेका छन् । खुशिबुँस्थित स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीमा आयोजित कार्यक्रममा खड्गीले श्यान्टुलाई पूर्व घोषित रकम बराबरको चेक हस्तान्तरण गरे ।
गत बैशाख ३१ देखि जेठ २ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा पेरिस ओलम्पिकका लागि भएको दक्षिण एसियाली टेबल टेनिस छनोट प्रतियोगिताको पुरुषमा पहिलो हुँदै श्यान्टु छनोट भएका थिए । इतिहास रच्ने क्रममा श्यान्टुले नेपालकै संयोग कपालीलाई फाइनलमा ४–३ ले पराजित गरेका थिए । महिलामा भने नेपाली खेलाडी छनोट हुन सफल भएनन् । खड्गीले नेपाल पुरुष/महिला दुवैमा छनोट हुन सके समान १–१ लाख नगद पुरस्कार प्रोत्साहन स्वरूप प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । ५ राष्ट्रको सहभागिता रहेको उक्त प्रतियोगिताबाट समान १–१ पुरुष÷महिला खेलाडी छनोट हुने प्रावधान थियो ।
टेबल टेनिसमा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने श्यान्टु पहिलो नेपाली टेबल टेनिस खेलाडी हुन् । समग्रमा भने श्यान्टु तेश्रो नेपाली खेलाडी हुन् । यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गर्दै ओलम्पिक खेलेका थिए ।
नेपाली टेबलटेनिसकै इतिहासमा श्यान्टुअघि कुनै पनि नेपाली खेलाडीले ओलम्पिक खेलेका छैनन् । श्यान्टु विशेष प्रशिक्षणका लागि आइतबार अस्ट्रेलिया प्रस्थान गर्ने बताइएको छ । उनी विगत २ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका छन् । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्यलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण