बडी बिल्डिङका २८ प्रशिक्षक तयार
शनिबार, १२ जेठ २०८१, २० : १७
काठमाडौँ । नेपाल बडी बिल्डिङ एन्ड फिटनेस महासंघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षणपछि बडी बिल्डिङका २८ प्रशिक्षक तयार भएका छन् । प्रशिक्षणमा उत्तीर्ण प्रशिक्षकले अब ‘सर्टिफाइड ट्रेनर’ का रूपमा काम गर्न सक्नेछन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार भएको कार्यक्रमको समापन समारोहमा उनीसँगै महासचिव निलेन्द्रराज श्रेष्ठले सफल प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे ।
त्यस अवसरमा अध्यक्ष श्रेष्ठले प्रशिक्षणमा सहभागी भएकालाई बधाई दिँदै अबको दिनमा आफ्नो काँधमा आइपुगेको जिम्मेवारीलाई राम्रोसँग निभाउन अनुरोध गरे ।
प्रशिक्षक प्रशिक्षण जेठ १ देखि १२ गतेसम्म सञ्चालन भएको थियो । काठमाडौँमा बडी बिल्डिङको प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएको यो चौथो पटक हो । पूरा देशमा भने यस्तो कार्यक्रम भएको यो आठौँ पल्ट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण