सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

बडी बिल्डिङका २८ प्रशिक्षक तयार

शनिबार, १२ जेठ २०८१, २० : १७
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । नेपाल बडी बिल्डिङ एन्ड फिटनेस महासंघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षणपछि बडी बिल्डिङका २८ प्रशिक्षक तयार भएका छन् । प्रशिक्षणमा उत्तीर्ण प्रशिक्षकले अब ‘सर्टिफाइड ट्रेनर’ का रूपमा काम गर्न सक्नेछन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार भएको कार्यक्रमको समापन समारोहमा उनीसँगै महासचिव निलेन्द्रराज श्रेष्ठले सफल प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले प्रशिक्षणमा सहभागी भएकालाई बधाई दिँदै अबको दिनमा आफ्नो काँधमा आइपुगेको जिम्मेवारीलाई राम्रोसँग निभाउन अनुरोध गरे ।

प्रशिक्षक प्रशिक्षण जेठ १ देखि १२ गतेसम्म सञ्चालन भएको थियो । काठमाडौँमा बडी बिल्डिङको प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएको यो चौथो पटक हो । पूरा देशमा भने यस्तो कार्यक्रम भएको यो आठौँ पल्ट हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप