सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

भारतमा मानव दुध विक्रीमा प्रतिबन्ध

आइतबार, १३ जेठ २०८१, १५ : ५४
आइतबार, १३ जेठ २०८१

नयाँ दिल्ली । भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले मानव दुधको प्रोसेसिङ र विक्रीको अनुमति दिन अस्वीकार गरेको छ । मानव दुध र यसको उत्पादनको व्यवसायीकरणसम्बन्धी सबै गतिविधि रोकिने बताइएको छ । 

मे २४ मा विभागले मानव दुध र यसको उत्पादनको अनधिकृत व्यवसायीकरणमाथि सुझाव भन्दै एउटा एड्भाइजरी नै जारी गरेको थियो । ‘एफएसएसएआइ ऐन, २००६ र यसअन्तर्गत बनाएका नियम र विनियमअनुसार मानव दुधको प्रशोधन र/वा बिक्रीको अनुमति दिइएको छैन,’ सो एड्भाइजरीमा भनिएको छ । 

मानव दुध र यसका उत्पादनहरूको व्यापारीकरणसँग सम्बन्धित सबै गतिविधिहरुलाई तुरुन्तै बन्द गर्न सल्लाह दिइएको र यसको उल्लंघन गरेमा कारबाही गरिने बताइएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप