१५ लाख मुनिका योजना कार्यान्वयन गर्न माग गर्दै कांग्रेसद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध
सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आइतबार बसेको बजेट अधिवेशनको तेस्रो बैठक कांग्रेसले अवरुद्ध गरेको हो । रातो किताबमा उल्लेखित भई सभाबाट पारित भएका १५ लाख मुनिका योजनाहरू अहिले कार्यान्वयन नगरी रोकिएको भन्दै बैठक अवरुद्ध गरेको हो ।
०८० असारमा तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग १५ लाख मुनिका योजनाहरू कार्यान्वयन नगर्ने भनेर सम्झौता भएको थियो । तर, अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको छ । रातो किताबमा पनि आई संसद्बाट पारित भएका ५७४ वटा योजनाहरू अहिले अलपत्र अवस्थामा छन् ।
यसअघि मन्त्रिपरिषद्ले १० लाखका योजनालाई १५ लाख पुर्याइ कार्यान्वयन गर्ने र सडक र भवनतर्फका ३० लाख पुरयाई कार्यान्वयन गर्ने भनिएको थियो । तर, मुख्यमन्त्रीको रूपमा यामलाल कँडेल आएसँगै ती योजनाहरू कार्यान्वयन नगर्ने भनेपछि कांग्रेसले योजना जसरी हुन्छ कार्यान्वयन गर्नुपर्ने बताइरहेको छ ।
कांग्रेस सांसद सुरेश अधिकारी र प्रमुख सचेतक हिक्मत विष्टले ती योजना कार्यान्वयन गर्नुपर्ने बताउँदै संसद् अवरुद्ध गरेको हो ।
सभामुख नन्दा गुरुङले सभा सञ्चालनमा सहयोग गर्न भनेर पटक–पटक आग्रह गर्दा पनि कांग्रेसले सभा अवरुद्ध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
-
अवसरवाद र अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास भयो : महेश बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण