मङ्गलबार, ०४ असार २०८१
ताजा लोकप्रिय

गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुट्कारा ?

सोमबार, १४ जेठ २०८१, १० : १०
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । गर्मीको समयमा अनेक स्वास्थ्य समस्याहरू देखिन्छन् । ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने जस्ता समस्या त सामान्य नै हुन् । कसै कसैलाई भने आँखा रातो हुने समस्याले सताउँछ ।

गर्मीमा आँखा यसरी रातो किन हुन्छ ? चर्को घाम, घुलो माटोलगायत अन्य कयौँ कारणले गर्दा गर्मीको मौसममा आँखा रातो हुने गरेको विज्ञहरू बताउँछन् । कतिपय अवस्थामा आँखा बिझाउने वा पोल्ने समस्या पनि आउँछ ।

आँखाको रातोपन र पोल्ने समस्या कम गर्न आइस प्याकले आँखा सेक्न सकिन्छ । यसका लागि हलुकासँग आइस प्याकलाई आँखामाथि केही मिनेटसम्म राख्नु पर्छ । यस्तो गर्दा आँखालाई शीतल हुन्छ । आँखामा आइस प्याक लगाउनु अघि हात राम्ररी सफा गर्न भने नभुल्नुहोला ।

शरीरमा पानीको कमीका कारण पनि गर्मीमा आँखा सुख्खा भएर रातो हुने पोल्ने समस्या देखिन सक्छ । शरीरलाई सुख्खा हुन नदिन दिनभरि पर्याप्त मात्रामा पानी पिउनुहोस् । पानीले शरीरमा भएको सङ्क्रमणहरूलाई पनि बाहिर निकाल्ने विज्ञहरू बताउँछन् ।

गर्मीको मौसममा आँखाको सङ्क्रमणबाट बच्नका लागि घर बाहिर जाने बेलामा यूभी प्रोटेक्शन भएको चस्मा लगाउनुहोस् । यसले गर्मी र धुलो दुबैबाट आँखालाई जोगाउँछ ।

गर्मीमा शरीरमा खुबै पसिना आउँछ । कहिलेकाहीँ पसिना बगेर आँखामा पस्दा पनि पोल्ने र इन्फेक्सन हुने जस्ता समस्या देखिन सक्छ । त्यसैले बाहिरबाट घर छिर्ने बित्तिकै वा दिनभरमा ३/४ पटक आँखालाई सफा अनि चिसो पानीले धुनुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप