मङ्गलबार, ०४ असार २०८१
ताजा लोकप्रिय

स्वास्थ्यका लागि हितकर हुन्छन् पहेँला रङ्गका यी खानेकुरा

सोमबार, १४ जेठ २०८१, १० : ३२
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । हामी हरेक दिन अनेक प्रकारका खानेकुरा खान्छौँ । फलफूल र तरकारी सबै रंगिबिरंगी हुन्छन् । रङ्ग रङका खानेकुराको सेवनले शरीरलाई धेरै खाले फाइदा मिल्छ । के यो कुरा तपाईलाई थाहा छ ? रातो, पहेँलो, हरियो, बैजनी, सुन्तला, सेतो आदि रङका फलफूल, तरकारी र अन्नहरूमा कयौँ खालका पोषण, मिनरल्स र एन्टिअक्सिडेन्ट हुन्छन् । यसलाई खाँदा धेरै किसिमका रोगबाट बच्न सकिन्छ ।

केही खानेकुरा क्यारोटिनोइड्स र फ्लेभोनोइड्स जस्ता प्राकृतिक पिग्मेन्टका कारण पहेँलो हुन्छन् । गाजर, पहेँलो भिडेँ खुर्सानी, कागती, केरा आदिमा क्यारोटिनोइड्स र फ्लेभोनोइड्स पाइन्छ । पहेँलो रङका खानेकुराको पनि स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छन् । आजको यस लेखमा हामीहरू पहेँलो रङका खानेकुरा खाँदा हुने स्वास्थ्य लाभबारे कुराकानी गर्नेछौँ ।

पहेँलो रङका फलफूल र तरकारी खानुका फाइदाहरू यस्ता छन्:

१. पहेँलो भिडेँ खुर्सानी, केरा जस्ता पहेँला फल र तरकारीमा प्रशस्त मात्रामा भिटामिन सी र क्यारोटीनोइड्स जस्ता एन्टिअक्सिडेन्टहरू हुन्छन् । यसले शरीरमा फ्री रेडिकलको असर कम गर्न मद्दत गर्छ । फ्री रेडिकलले धेरै गम्भीर रोगहरूको जोखिम बढाउँछ ।

२.) कागती, सुन्तलाजस्ता पहेँलो रङका अमिला खानेकुरामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ र शरीरलाई गम्भीर रोग अनि संक्रमणसँग लड्ने शक्ति पनि दिन्छ ।

३.) मकै, भिडेँ खुर्सानीजस्ता पहेँलो खानेकुरामा लुटेन, जेक्सान्थिन, एन्टिअक्सिडेन्ट पाइन्छ जुन आँखाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले उमेर बढ्दै जाँदा आँखामा देखिने म्याकुलर डिजेनेरेसनको जोखिमलाई पनि कम गर्न सक्छ ।

४.) आँप र सखरखन्डा जस्ता पहेँलो फलमा बीटा क्यारोटिन हुन्छ । यसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले पराबैंजनी किरणबाट हुने क्षतिलाई पनि कम गर्छ । अब आँपको सिजन शुरु हुन लागेको छ । दैनिक सीमित मात्रामा आँप खाएर यी फाइदा लिन सक्नु हुन्छ ।

५.) नियमित रुपमा केरा खानु पनि निकै स्वस्थकर हुन्छ । केरामा प्रचुर मात्रामा पोटासियम हुने भएकाले उच्च रक्तचापको समस्याबाट बचाउँछ । भूइँकटहरमा पनि पोटासियम पाइन्छ । यसले रक्तचाप नियन्त्रण गरेर मुटुलाई स्वस्थ्य राख्न सहयोग गर्छ । यसमा प्राकृतिक चिनी र कार्बाेहाइड्रेट हुन्छ जसले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छ ।

६.) बेसारलगायत पहेँलो मसलामा करक्युमिन पाइन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी तत्त्वहरू हुन्छन् जसले सुन्निएका ठाउँहरूलाई बसाल्न मद्दत गर्छ ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप