समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघमा तालाबन्दी
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको सञ्चारग्राम, सिनामंगलस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा रातारात गैरपत्रकारका नाम थप्दै निर्वाचन समितिलाई बुझाउने तयारी भइरहँदा संगठनले तालाबन्दी गरेको हो ।
सदस्यता शुद्धीकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रूपमा सदस्यता नामावली तयार पार्ने कार्यदलले जेठ ८ गते टुङ्गो लगाएका नाममा रातारात हेरफेर गर्दै विभिन्न जिल्ला शाखा र प्रदेशबाट सिफारिस नै नभएका नाम हाल्ने काम भएको संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए ।
तालाबन्दीअघि अध्यक्ष सुवेदीले आफ्नो संगठनका सदस्यका नाम हटाउँदै प्रेस चौतारीको नाम हाल्ने काममा प्रेस सेन्टरसम्बद्ध महासंघका महासचिवको साँठगाँठ रहेको आरोप लगाए । पत्रकार महासंघ पत्रकारिता गर्ने पत्रकारको मात्रै साझा संस्था हुनुपर्ने संगठनको माग विपरित पत्रकारिताबाहेक अन्य पेसा, व्यवसायमा संलग्न व्यक्तिका नाम रातारात थपिएको उनको आरोप छ । त्यससँगै पत्रकारिता पेसामै रहेका थुप्रै मधेसी, महिला, दलित, जनजातिसहित नाम पनि हठात् हटाइएको संगठनले जनाएको छ । त्यस्तो सदस्यता विवरण खारेज गरी न्यायोचित सदस्यता जारी नभएसम्म संगठनको विरोध जारी रहने अध्यक्ष सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण