दिल्ली अस्पतालको सकिएको थियो लाइसेन्स, डाक्टर पनि अयोग्य
नयाँ दिल्ली । नवजात शिशुहरूको मृत्यु भएको दिल्लीको अस्पताल लाइसेन्स बिनै चलिरहेको प्रहरीले बताएको छ । सो अस्पतालको लाइसेन्स गएको मार्च ३१ मै सकिएको थियो । अस्पताललाई ५ शय्याको अस्पताल चलाउने अनुमति थियो । तर त्यहाँ १० भन्दा धेरै शय्या थिए ।
घटनाको समयमा अस्पतालमा १२ जना शिशु थिए । बाँकी ५ जनाको अर्को अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटनाको बखतमा ड्युटीमा रहेका डाक्टर पनि नवजात शिशुको सघन उपचारका लागि योग्य नभएको पाइएको प्रहरीले बताएको छ ।
शनिबार भएको आगलागीको घटनामा नवजात शिशु राखिने सो अस्पतालमा ७ शिशुको मृत्यु भएको थियो । यस घटनामा प्रहरीहरूले अस्पतालका डाक्टर र ड्युटीमा खटिएका डाक्टरलाई पक्राउ गरिएको छ । अनुसन्धानको क्रममा अस्पतालमा फायर एक्सटिङ्गुइसर नभएको र आपत्कालीन ढोका पनि नभएको पाइयो । गुजरातको राजकोटमा गेमिङ जोनमा आगलागीको घटनामा २७ जनाको मृत्यु भएको केही घण्टापछि यो घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण