स्टार्ट–अपमा ‘मस्ट सेलिङ ब्राण्ड’ बन्यो ‘नेटा’
काठमाडौँ । विद्युतीय कार निर्माता चिनियाँ प्रमुख स्टार्ट–अप कम्पनी होजोन न्यू इनर्जी अटोमोबाइल्स कम्पनी लिमिटेडले उत्पादन गरेको कार ‘नेटा–भी’ चीनबाट सर्वाधिक निर्यात हुने कारको सूचीमा परेको छ ।
जनवरीदेखि अप्रिलसम्मको तथ्याङ्क हनुसार ‘नेटा–भी’ सर्वाधिक निर्यात भएको कारको सूचीमा परेको हो । यो अवधिमा नेटा–भीका १३ हजार ६९४ वटा कार चीनबाट विभिन्न देशमा निर्यात भएका छन् ।
यस्तै, दोस्रो नम्बरमा एक्सपेङ्ग तीन हजार २९ वटा, सेरेस दुई हजार ६९१ वटा र स्काइवर्थ ३६८ वटा निर्यात भएका छन् ।
नेपालसहित विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै लगेको इलेक्ट्रिक भेहिकल ब्राण्ड नेटाले हाल चिनियाँ बजारमा नेटा–भीसहित नेटा आया, नेटा यू, नेटा एक्स, नेटा एस, नेटा जीटी जस्ता मोडलहरू बिक्री गरिरहेको छ ।
सन् २०२४ को अन्त्यसम्ममा विश्वका ५० देशमा ५०० वटा सेल्स एण्ड सर्भिस आउटलेट स्थपना गर्ने योजनाका साथ अघि बढिरहेको नेटाले नेपालमा सीजी मोटर्समार्फत नेटा–भी बिक्रीवितरण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण