कोशी सरकार विवादकाे पेशी न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा
काठमाडौँ । कोशी प्रदेश सरकारको विवाद न्यायाधीशद्धय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटबारे दोस्रो नम्बरमा पेशी तोकिएको छ। कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।
संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले आफूलाई हटाउने मुख्यमन्त्रीको कदम असंवैधानिक भएको जिकिर गरेका छन् । उक्त धारा सरकार बनाउने अन्तिम उपधारा भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको जिकिर उनले गरेका छन् ।
कोशीको भन्दा अगाडि शर्मा र सुवेदीको इजलासमा सर्वोच्च आफैँले टिप्पणी उठाएको अदालतको अवहेलनासम्बन्धी निवेदन रहेको छ। सिधा कुराको समाचार सम्बन्धमा अदालतको अवहेलना गरेको भनी उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले उठाएको टिप्पणीमा रिट दायर भएको हो ।
त्यस्तै अनुपम भट्टराईले पनि रिट दायर गरेका थिए । दुवै रिटलाई साथै राखेर सुनुवाइको पेशी तोकिएको छ। कोशीको विवादमा सर्वोच्चले आज बहसको सुरुवात मात्र गर्ने सम्भावना रहेको छ। मुख्यमन्त्री कार्की र रिट निवेदक कार्कीका तर्फबाट बहस गर्ने कानुन व्यवसायी धेरै भएका कारण सो रिट हेर्दाहेर्दैमा रहने सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायुसेवा निगमले ६८औँ वार्षिकोत्सव मनायो
-
मुख छोपेर कुरा गर्दा रातो कार्ड पाउने दोस्रो खेलाडी बने इक्वेडरका हिन्कापी
-
अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि जारी
-
औषधि अभाव रोक्न ‘न्यूनतम मौज्दात’ को नयाँ व्यवस्था गरिँदै
-
मनसुनजन्य विपद् प्रतिकार्य : देशैभर सेना र सशस्त्रको उच्च सतर्कता, उद्धारमा हेलिकप्टर र बेलीब्रिज ‘स्ट्यान्डबाइ’
-
श्रम संस्कृति पार्टीको मूल्य र मान्यता नै श्रमदान हो : सांसद संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण