दुर्घटना
सुर्खेत जिप दुर्घटना अपडेट: मृतक चार जनाकै खुल्यो पहिचान
बिहीबार, १७ जेठ २०८१, १० : ४६
सुर्खेत । सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका चार जनाकै पहिचान खुलेको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटनामा परेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जिपमा छ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा कालिकोटका नरी विक र नरेन्द्र विष्ट रहेका छन् ।
मृत्यु हुनेमा कालिकोट गाउँपालिकाका ४० वर्षीय तन्त विक, १७ वर्षीय वीरेन्द्र विक, २७ वर्षीय नवराज विक र दैलेख भैरबी गाउँपालिका ४ का ३८ वर्षीय महेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण