गर्मीका कारण यूपीमा ५१ जनाको मृत्यु
नयाँ दिल्ली । भारतमा गर्मीका कारण दिनहुँ मृत्युका कयौं घटना बाहिर आइरहेका छन् । उत्तर प्रदेश बुधबार एकै दिन गर्मीका कारण ५१ जनाको मृत्यु भएको छ । राज्यको बुन्देलखण्डमा अत्यधिक गर्मीका कारण सो दिन ३१ जनाको ज्यान गएको छ । जसमा महोबामा आठ, हमीरपुरमा सात, चित्रकूटमा छ, फतेहपुरमा पाँच, बान्दामा तीन र जलौनमा दुई जनाको मृत्यु भएको छ ।
मृतकहरूमध्ये अधिकांश कुनै कामको लागि घर बाहिर निस्कँदा बाटोमा बेहोस भएका थिए । अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो । बहराइचको नानपारा र कैसरगञ्ज तहसिल क्षेत्रमा गर्मीका कारण दुई जनाको मृत्यु भएको छ । यस्तै प्रयागराजमा एक प्रहरी सहायक निरीक्षकसहित चार जनाको मृत्यु भएको छ ।
ग्रेटर नोएडामा मेरठका एक वृद्धको गर्मीले मृत्यु भएको छ । बलियामा एक महिलाको मृत्यु भएको छ । वाराणसीमा ६, मिर्जापुरमा ३, आजमगढ, जौनपुर र सोनभद्रमा १–१ जनाको मृत्यु भएको बताइएको छ । यी सबैको मृत्यु हिटस्ट्रोकका कारण भएको हुनसक्ने आशङ्का गरिएको छ । मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि मात्र खुल्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण