जम्मुमा बस दुर्घटना, २१ जनाको मृत्यु
बिहीबार, १७ जेठ २०८१, १८ : ४१
जम्मु । भारतको जम्मुमा बस दुर्घटना भएको छ । त्यहाँको पूंछको अखनूरमा टूंगी मोड क्षेत्रमा यात्रु भरिभराउ रहेको एक बस भिरबाट खसेको हो ।
सो दुर्घटनामा अहिलेसम्म २१ जनाको मृत्यु भएको बताइएको छ । बसमा करिब ७५ जना यात्रु सवार थिए ।
अरू ४० यात्रु घाइते भएका छन् । यीमध्ये २० जनालाई जीएमसी जम्मुमा रिफर गरिएको छ । प्रहरी र स्थानीय बासिन्दाहरूले बचाउ अभियान चलाइरहेका छन् । भिरबाट उद्धार गरिएका घाइतेहरूको अखनूर उपजिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
गम्भीर घाइतेहरूलाई जम्मु मेडिकल कलेज पठाइएको छ । बसको नम्बर प्लेट उत्तर प्रदेशको भएको बताइएको छ । बस बिवखोडी धामतर्फ गइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण