हावाहुरीले रौतहटमा लाखौँको क्षति
रौतहट । बिहीबार साँझ आएको हावाहुरीले रौतहटमा घरका छाना उडाउँदा लाखौँको क्षति भएको छ । हावाहुरीले विद्युत् पोल ढल्दा विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
हावाहुरीले चन्द्रपुर नगरपालिका ६ स्थित सत्यनारायण भगतको घरको छाना उडाउँदा ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै वडा नम्बर ५ का महिचन साह, रूपनारायण साह, प्रभुराज सिलवाल, रामाबिनय यादव, वडा ६ का भिमाबिर पहरी, वडा ४ का सुन्तली पहरी, धर्मेन्द्र माझी, रामवीर माझी लगायतको घरको छाना उडाउँदा २० लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।
चन्द्रपुरमा ५० भन्दा बढी विद्युतका पोल ढलेका छन् । विद्युत् पोल ट्रानफर्मार र अन्य उपकरण गरी ३० लाखभन्दा बढीको क्षति भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण