हावाहुरीले रौतहटमा लाखौँको क्षति

रौतहट । बिहीबार साँझ आएको हावाहुरीले रौतहटमा घरका छाना उडाउँदा लाखौँको क्षति भएको छ । हावाहुरीले विद्युत् पोल ढल्दा विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
हावाहुरीले चन्द्रपुर नगरपालिका ६ स्थित सत्यनारायण भगतको घरको छाना उडाउँदा ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै वडा नम्बर ५ का महिचन साह, रूपनारायण साह, प्रभुराज सिलवाल, रामाबिनय यादव, वडा ६ का भिमाबिर पहरी, वडा ४ का सुन्तली पहरी, धर्मेन्द्र माझी, रामवीर माझी लगायतको घरको छाना उडाउँदा २० लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।
चन्द्रपुरमा ५० भन्दा बढी विद्युतका पोल ढलेका छन् । विद्युत् पोल ट्रानफर्मार र अन्य उपकरण गरी ३० लाखभन्दा बढीको क्षति भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रमुख दलको प्रतिबद्धता
-
संवैधानिक नियुक्ति विवाद : आज बार पूर्वअध्यक्ष घिमिरे र खड्कासहितले बहस गर्ने
-
गर्मीसँगै बढ्यो खरबुजा व्यापार (तस्बिरहरू)
-
सशस्त्र प्रहरी बलले थाल्यो मनसुन पूर्व तयारी
-
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
-
दक्षिण अफ्रिकी खेलाडीलाई आईपीएल सकिनुअघि नै स्वदेश फर्कन निर्देशन