किंग्स कपको उपाधि अल हिलाललाई
काठमाडौँ । साउदी अरब प्रो लिगच्याम्पियन बनेको अल हिलालले किंग्स कप फुटबलको उपाधि जितेको छ । गएराति भएको तनाव पूर्ण खेलमा क्रिष्टियानो रोनाल्डोको टिम अलनासरलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै हिलालले उपाधि जितेको हो ।
हिलालका २ खेलाडीले रातो कार्ड पाउँदा नासका १ खेलाडी पनि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । निर्धारित समय १–१ गोलको बराबरीमा सकिए पछि थप गरिएको समयमा दुवै टिम गोल गर्न असफल हुँदा टाइब्रेकर हुँदै खेलको नतिजा सडनडेथमा पुगेको हो ।
खेल सुुरु भएको सातौं मिनेटमा हिलालका लागि एलेक्सान्दर मित्रोभिचले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा अल नासरका गोलकिपर डेभिड ओस्पिना डी बक्सभन्दा बाहिर आएर बल छोएपछि सिधै रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।
८७औं मिनेटमा हिलालका अली अलबुलाही रातो कार्ड पाउँदै मैदान छाडेपछि दुवै टिम १० खेलाडीमा समेटिएका थिए । ८८ औं मिनेटमा नासरका लागि एमन अहमेदलले गोल गरेपछि खेल एक एकको बराबरीमा आयो ।
९० औं मिनेटमा अलहिलाल ९ खेलाडीमा समेटिन पुगेको थियो । उसका कालीडो कोलीबाली दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर, टाइब्रेकर हुँदै सडन डेथमा हिलालले बाजी मार्न सफल भयो ।
अल हिलालका एलेक्सान्दर मित्रो भिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अलहम्दान र नासेर अल दासरीले गोल गर्दा अल नासरका रोनाल्डो, सामी अलनाजेई, अब्दुल रहमान घारिव र अली लजामीले मात्रै गोल गरे ।
किंग्स कपसँगै अल हिलालले यो सिजन तीनवटा उपाधि जित्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण