यो साता प्रतितोला ५ हजार ३०० ले बढ्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ५ हजार ३०० रुपैयाँले बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ थियो । यस्तै तेजबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँ कायम थियो । यस्तै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ कायम छ । यो तोलामा ५ हजार ३०० रुपैयाँको वृद्धि हो ।
यो साता नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भयो । नेपालमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ अहिलेसम्म पुगेको थिएन । यस्तै यो साता चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्मको अवधिमा १८ सय ७५ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण