जमुनी सिँचाइ आयोजना अनुगमनमा मुख्यमन्त्री यादव
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले रु १० करोडको लागतमा निर्माण भइरहेको जमुनी सिँचाइ आयोजना अन्तर्गत मोरहा पक्की बाँधको निरीक्षण गरेका छन् । प्रदेश सरकारको लगानीमा समपुरक अनुदानअन्तर्गत हंसपुर नगरपालिका वडा नंं ४ र ९ मोरहामा निर्माणाधीन उक्त आयोजनाको सतर्कता केन्द्रको टोलीसहित मुख्यमन्त्री यादवले आज निरीक्षण गरेका हुन् ।
करिब रु २२ करोड ५३ लाख २३ हजारको कूल लागतमध्ये रु १० करोड ७४ लाख ५४ हजार आठ सय ६६ मा ठेक्का साकार भई निर्माणाधीन उक्त पक्की बाँधको काम समयमा पूरा नहुने देखेपछि मुख्यमन्त्री यादवले सो निरीक्षण गरेका हुन् ।
निरीक्षणको क्रममा मुख्यमन्त्री यादवले बाँध निर्माणको कार्यलाई तीव्रता दिन ठेक्केदार कम्पनीलाई निर्देशन दिएका छन् । एक हजार एक सय ६८ हेक्टर भूमि सिञ्चित हुने उक्त बाँधबाट १० गाउँका करिब एक हजार छ सय ५० परिवार लाभान्वित हुनेछन् ।
अनुगमनमा सङ्घीय सांसद रामकृष्ण यादव, अनिता साह, प्रदेश सांसद रामआशिष यादव, सतर्कता केन्द्रका सचिव रामआधार साहसहित लगायत सम्बन्धित मन्त्रालय एवं कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।
बाँधको निरीक्षणपछि मुख्यमन्त्री यादवले कृषिको विकासविना मधेसको विकास सम्भव नहुने भएकाले मधेस सरकार कृषिसम्बन्धी आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
-
म्यानमार द्वन्द्वमा मृतकको संख्या एक लाख नाघ्यो
-
लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण