नेसनल चेस च्याम्पियनसिप सुरु
काठमाडौँ । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा शनिबारदेखि नेशनल चेस च्याम्पियनसिप सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र वरिष्ठ सङ्गीतकार शम्भुराज बाँसकोटाले संयुक्त रूपमा चेसको गोटी चालेर प्रतियोगिताको उद्घाटन गरे ।
आज सम्पन्न भएको खुल्लातर्फ फिडे नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी, युथ च्याम्पियन पुरुषोत्तम सिलवाल, सीएम मिलन लामा मास्टर, धनुषाका सुशील चौधरी र झापाका राजन सुवेदीले सफलता हात पारी १/१ अङ्क जोडेका छन्।
क्षितिजले निकै नै प्रतिस्पर्धामक खेलमा पूर्व नेपाल च्याम्पियन काठमाडौँका केशव श्रेष्ठलाई पराजित गरे । त्यसै गरी पुरुषोत्तमले दोलखाका राजीव कार्की माथि सफलता हात पारे भने मिलनले काठमाडौँका प्रेम महर्जन हराएका थिए। सुशीलले झापाका प्रकाश नेपाललाई पन्छाउन सफल भए भने राजनले ललितपुरका सुरोज महर्जनलाई निराश पारे ।
वर्तमान नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल उत्कृष्ट लयमा रहेका श्रुसुरत दाहालले बराबरीमा रोके र अङ्क बाँड्न बाध्य बनाए ।
राउन्ड रोविनको प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा महिलातर्फ पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, मोरङका शान्ति धिमाल कास्कीका पूजा भण्डारी , काठमाडौँका विनीता कपाली , रिया श्रेष्ठले र पर्साका सुशीला गुरुङले जित निकालेका छन् ।
सिन्दिराले भक्तपुरका श्रेया दुवाल पराजित गरिन् भने शान्तिले नेशनल बी छनौटमा उत्कृष्ट प्रदर्शन गरि प्रथम स्थानमा रहेर छनौट भएकी झापाकी कृतिसारा अधिकारीलाई हराउन सफल भइन भने विनीताले अन्शु प्रजापति माथि जीत हात पारे । त्यसै गरी रियाले झापाकी पुनम प्रसाईंलाई र सुशीलाले भक्तपुरकी सविना गुजःलाई पराजित गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण