सहमतिमै नेतृत्व चयनको प्रयास भइरहेको छ : झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमार्फत सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने बताएका छन् । आइतबार पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले आगामी असारमा हुने महाधिवेशनले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप छलफलहरू भइरहेको बताए ।
‘सकेसम्म अन्तिम प्रयास गरेर सहमतिपूर्ण नेतृत्व चयन गर्छौ’, खनालले भने, ‘त्यसका लागि छलफल भइरहेका छन् । अझै पनि छलफल गर्छौ ।’ नेता खनालले १० महाधिवेशनले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिने दाबी समेत गरे ।
एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनमा चारवटा दस्ताबेजहरू पेश गरेर पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन हुँदैछ ।
नेतृत्वका लागि वर्तमान अध्यक्ष नेपाल र सम्मानित नेता खनालबिच प्रतिस्पर्धा हुने नेता कार्यकर्ताको बुझाई छ । पत्रकार सम्मेलनमा महासचिव घनश्याम भुसालले आफ्नो पार्टीको संरचनाले नै पार्टीमा भ्रष्टाचारीहरू रहन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण