अमेरिकामा नन्दालाई दोहोरो स्वर्ण
आइतबार, २० जेठ २०८१, १४ : २४
काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्यु जर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनिको फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्ण पदक जितेकी हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी समितिकी सदस्यसमेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेश्रो स्वर्ण पदक हो । नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण