बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला

आइतबार, २० जेठ २०८१, १५ : १५
आइतबार, २० जेठ २०८१

काठमाडौँ । ललितपुरसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

  • ललितपुर, ललितपुर महानगरपालिका-८ बालकुमारी आकासे पुल मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३३ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला पारेका छन् ।  
  • कास्की, पोखरा महानगरपालिका-६ बैदाम केदारेश्वर मन्दिर पछाडि फेवातालमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • धनुषा, धनुषाधाम नगरपालिका-३ तेजनगर बस्ने अर्जुन सदाको छोरा १८ महिनाको अमन सदा सोही ठाउँस्थित पोखरीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • सुनसरी, इटहरी उपमहानगरपालिका-११ सिमरवनास्थित बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर दाना फ्याक्ट्री अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप