ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला
आइतबार, २० जेठ २०८१, १५ : १५
काठमाडौँ । ललितपुरसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- ललितपुर, ललितपुर महानगरपालिका-८ बालकुमारी आकासे पुल मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३३ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला पारेका छन् ।
- कास्की, पोखरा महानगरपालिका-६ बैदाम केदारेश्वर मन्दिर पछाडि फेवातालमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- धनुषा, धनुषाधाम नगरपालिका-३ तेजनगर बस्ने अर्जुन सदाको छोरा १८ महिनाको अमन सदा सोही ठाउँस्थित पोखरीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- सुनसरी, इटहरी उपमहानगरपालिका-११ सिमरवनास्थित बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर दाना फ्याक्ट्री अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण