हिरामाण्डीको दोस्रो सिजनको घोषणा
नयाँ दिल्ली । बलिउड निर्देशक सञ्जय लीला भन्साली यतिबेला आफ्नो सिरिज ‘हिरामाण्डी’का कारण चर्चामा छन् । सिरिजले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
सिरिज आएदेखि नै भन्सालीसँग सिजन २ पनि ल्याउनु पर्ने दर्शकहरुले माग गरिरहेका थिए । त्यतिबेला उनले यसमा कुनै प्रतिक्रिया दिएका थिएनन् । तर हालै नेटफ्लिक्सले हिरामण्डी सिजन-२ घोषणा गरेको छ । सिजन २ मा स्वतन्त्रता पछिको कथा देख्न पाइनेछ ।
हिरामाण्डीको पहिलो सिजन आलमजेबले ताजदारकी हजुरआमालाई उनी गर्भवती रहेको खबर सुनाएपछि सकिन्छ । सिजनको कथा लाहौर वरिपरि घुमेको छ । सिरिज स्वतन्त्रताको लडाई चरममा भएको बेलामा सकिन्छ । दोस्रो सिजन लहौरबाट निस्किएर कता पुग्छ चाँहि हेर्न रोचक हुनेछ । आगामी सिजन दिल्ली र मुम्बईका कोठामा केन्द्रित रहने अनुमान पनि गरिएको छ ।
‘हिरामण्डीः द डायमण्ड बजारलाई दिइएको माया र प्रशंसाले म धन्य भएको छु । शो विश्वभरका दर्शकहरूसँग जोडिएको देख्दा खुसी लागेको छ । हामी सिजन २ सँग फर्किनेछौं भनेर घोषणा गर्न पाउँदा म रोमाञ्चित छु,’ सञ्जय लीला भन्सालीले भनेका छन् ।
दोस्रो सिजनमा सशक्त कथाको साथमा फर्किने नेटफ्लिक्स इन्डियाकी उपाध्यक्ष मोनिका शेरगिलले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटसँग सङ्घर्ष गर्दै गरेका नेयमारले गुमाउने भए विश्वकपको अर्को खेल
-
सरकारले संस्थागत स्थायित्व र संवैधानिक मर्यादामाथि प्रहार गर्यो : खुस्बु ओली
-
अख्तियारले आरजुलाई दिएको समय सकियो, अब कसरी अघि बढ्छ अनुसन्धान ?
-
बिरामी छन् लियोनल मेसीका पिता, मृत्युको हल्लापछि परिवारले जारी गर्यो विज्ञप्ति
-
खेल मिलेमतोको आशङ्कामा अनुसन्धान, आइभोरी कोस्टका स्ट्राइकरले पाएनन् क्यानडाको भिसा
-
विश्वविद्यालयको उपकुलपति छनोटमा राजनीतिक गन्ध मिसिएको एमालेको आशंका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण